२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

युट्युबर जो प्र्यांकको नाममा आतंक मच्चाउदै

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । क्यामेराको फ्रेममा छन्, कपिल मगर र मिनाक्सी। भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी।

यति पढिरहँदा तपाईंलाई लाग्दो हो– कपिल र मिनाक्सीबीच अब कुनै कला, कलाकारिता या संघर्षको मिठो संवाद हुँदो हो। तर, अहँ यहाँ त्यस्तो कुनै रचनात्मक कुराकानी भइरहेको छैन, बरु भद्दा तमासाको मञ्चन भइरहेको छ।

‘ल ठिक छ अब गरौं है,’ भिडियो सुरु भएको सात मिनेटसम्म कपिल मिनाक्सीसँग कुनै अन्तर्वार्ता गर्दैनन्, तर तमासाको भद्दा श्रृंखला सुरु भइसक्छ। मिनाक्सीलाई दर्शकमाझ चिनाउने बहानामा उनीतिर संकेत गर्दै कपिल चिच्याउन थाल्छन्, ‘हेल्लो साथीहरु नमस्कार! आज म तपाईंहरुमाझ उपस्थित भइसकेको छु एकजना घिनेमान, यो जगुल्टेलाई ल्याएर।’आफ्नो परिचय यसरी दिएपछि मिनाक्सी रिसाएको ‘अभिनय’ गर्छिन्। कपिलको टाउकोमा हिर्काउन थाल्छिन्। भन्छिन्, ‘दिनु छैन मलाई इन्टरभ्यू सिन्टरभ्यू।’तर, क्यामेराको फ्रेमबाट बाहिर हट्दिनन् उनी। उता मिनाक्सीको ‘रिस’ले कपिललाई केही फरक पर्दैन। उल्टै हातले धकेलेर मिनाक्सीलाई डाँडातिर लडाउन थाल्छन्। अनि, फेरि बोलाउन थाल्छन्, ‘आउ न आउ।रिसले चुर हुँदै मिनाक्सी भन्न थाल्छिन्, ‘तपाईंले लास्टै गर्नुभयो।’ तर, मिनाक्सीको रिसकै हुर्मत लिँदै कपिल उल्टै जिस्क्याउन थाल्छन्, ‘मैले कतिचोटी गरें?’
भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी।प्रश्न सोध्ने बहानामा कपिल मिनाक्सीसँग टाँसिन खोज्छन्, उनलाई छुन खोज्छन्। तर, मिनाक्सी नछोईकन बोल्न आग्रह गरिरहन्छिन्। अति भएपछि मिनाक्सी रिसाउँदै कपिललाई आफूतिर तेर्स्याएको माइक हटाउन भन्छिन्। तर, कपिलले कहाँ सुन्नु! उल्टै बसिरहेको ठाउँबाट जुरुक्कै उठेर पुठ्ठो फर्काउँदै मिनाक्सीको मुखतिर पुर्याउँछन्, अनि भन्न थाल्छन्, ‘पत्रकारले माइक नफर्काएर यो फर्काउनुपर्ने?’मिनाक्सी प्रतिकार गर्छिन्। र, १३ मिनेटको भिडियो यत्तिमै सकिन्छ। सेप्टेम्बर ३० मा कपिल मगर नाम गरिएको च्यानलबाट अपलोड भएको यो भिडियो १ लाख ५६ हजारभन्दा बढी पटक हेरिएको छ। र, यसको शीर्षक छ–न्यू नेपाली प्र्यांक– मिनाक्सी गट प्र्यांक। रत्नपार्क ठमेलवाली। प्र्यांक बाइ कपिल मगर। आउ सुतेर गरम।’

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

युट्युबमा उनका दुइटा च्यानल छन्, ‘केआरपी मुभिज एन्ड म्यूजिक’ र ‘कपिलज मगर’, जहाँ उनले यस्तै ‘प्र्यांक भिडियो’हरु अपलोड गरेका छन्। ‘के आर पी मुभिज’ च्यानलमा १ लाख ६१ हजार सब्सक्राइबर छन् भने कपिल मगरमा १ लाख २६ हजार। दुवै च्यानलमा उनले प्र्यांकको नाम दिँदै भिडियोहरु राखेका छन्। दुवैतिर राखिएका भिडियोमा लाखौंको तहमा भ्यूज गएका छन्।

उनले राखेका अधिकांश ‘प्र्यांक’ भनिएका भिडियो क्यामेरा अगाडि बुम तेर्स्याएर अन्तर्वार्ता शैलीमा खिचिएका छन् तर त्यहाँ कुनै अन्तर्वार्ता लिइएको छैन। बरु अन्तर्वार्ताका नाममा अतिथिहरुलाई तथानाम सम्बोधन गर्नेदेखि हातपात गर्नेसम्मका गतिविधि देखिन्छ। उनका भिडियो हेर्दा लाग्छ, अश्लील र द्विअर्थीसंवाद बोल्नु र कसैमाथि भद्दा मजाक गर्नु उनका लागि खास ‘प्र्यांक’ हो। उनका भिडियोमा सिर्जनशिलता र अभिनय शिल्प भेटिने त कुरै भएन।

अर्को एउटा उदाहरण हेरौं।

दुई महिनाअघि ‘कपिल मगर’ च्यानलमा अपलोड गरिएको एउटा भिडियोको शीर्षक छ, ‘न्यू नेपाली प्र्यांक, सोल्टिनी गरम्न, गट प्र्यांक भैंसी सुँगुर्नी बाइ कपिल मगर।’

यो भिडियो पनि कपिलका प्रायः भिडियोझैं कुनै एकान्त डाँडामा खिचिएको छ। फ्रेममा एक युवती टिकटक बनाइरहेको अवस्थामा देखिन्छिन्। त्यहीबेला युवतीले नदेखेझैं गर्दै उनलाई डिस्टर्ब गर्न पुग्छन्, कपिल।

‘सँगै टिकटक बनाम्न,’ उनी जिस्क्याउन थाल्छन्। लगत्तै द्विअर्थीभाषा सुरु गर्छन्। भन्न थाल्छन्, ‘कति मोटाको भैंसी’।

युवती रिसाएझैं झर्किएर बोल्छन्। कपिल केही सुन्दैनन्, सुने पनि टेर्दैनन्। उल्टै खल्तीबाट मोबाइल झिक्छन् अनि कसैलाई फोन गरेको नाटक गर्दै भन्न थाल्छन्, ‘ओइ, सब केटाहरुलाई बोलाएर आइज न, क्या दामी केटी छ यहाँ। र्‍याक हान्नुपर्छ।’

युवतीको रिसको ग्राफ बढ्दै जान्छ। ‘तैंले चिन्या छस्, मलाई?’ रिसाएको भावमा कपिललाई पिट्न खोज्छिन्, लखेट्न थाल्छिन्। तैपनि कपिल रोकिँदैनन्। झन् जिस्क्याउन थाल्छन्। कहिले ‘ओइ भैंसी’ भन्छन् त कहिले द्विअर्थीभावमा ‘ओइ सोल्टिनी, तिमी पनि एक्लै, म पनि एक्लै, मिलेर अब…।’

विवाद भइरहेकै बेला युवतीका श्रीमान् आइपुग्छन्। युवती कपिलले गरिरहेको व्यवहारबारे श्रीमानलाई सुनाउँछिन्। तैपनि कपिल डराउँदैनन्। त्यसैले ती युवतीको श्रीमान् आइपुगेपछि पनि उनी रोकिँदैनन्। उल्टै श्रीमान्लाई पनि ‘भैंसीको पोइ, गैंडा’ भनेर सम्बोधन गर्न थाल्छन्। त्यत्तिकैमा उनी लडेर डाँडामा पछारिन पुग्छन्। त्यसपछि युवतीका श्रीमान्ले समातेर के पिट्नमात्रै खोजेका हुन्छन्, उनी लुरुक्क परेर ‘दाइ, भिडियो बनाको, उ… त्यहाँ क्यामेरा छ’ भन्दै देखाइहाल्छन्।

उनका भिडियो हेर्दा लाग्छ, अश्लील र द्विअर्थीसंवाद बोल्नु र कसैमाथि भद्दा मजाक गर्नु उनका लागि खास ‘प्र्यांक’ हो।
प्र्यांक गरेको जानकारी गराएपछि रिसले चुर देखिएको जोडी एकाएक शान्त हुन्छ। ‘ल ठिकै छ, त्यसो भए,’ प्रतिक्रिया आउँछ। नेपाल समयबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]