२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले ब्राउन सुगर सहित १ जना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर ०७, २०७८

ABC( क्राईमबिट)
दाङ । सोमबार बेलुका ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैराे पदार्थ फेला पारेपछि भारतको बहराइच तहसिल नानपाराकाका २८ वर्षीय नाइम नाम गरेका व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नाइमले सेताे प्लास्टिक कागजमा पाेकाे पारेर राखेकाे अवस्थामा प्रहरीले भेटाएकाे हाे । कागज सहित ४५.५१ ग्राम तौल रहेकाेमा कागज निकाल्दा ४५ ग्राम तौल रहेकाे प्रहरीले बताएको छ ।

त्यस्तै प्रहरीका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्थाबमोजिम २५ ग्राम देखि १०० ग्रामसम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]