२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

वडा अध्यक्ष जंगबहादुर घर्तीले उत्पादन गरे अर्गानिक ब्रोकाउली तरकारीहरु

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

(नवराज राना मगर)
रोल्पा । स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो।महङ्गा सरकारी सवारी देखि उनका खानपान,रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो।तर रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा जीवन अहिलेसम्म कायम छ।उनि घरबाट बिहान दैनिक दुई घण्टा पैदल हिडेर वडा कार्यालय जान्छन्।र साझ दुई घण्टा पैदल हिडेरै घर फर्कन्छन्।सेवाग्राहीसंग हासेर नम्र बोल्ने र कार्य संपादन सरल स्वभाव भएकाले उनलाई सेवाग्राहीले निकैनै रुचाउँछन्।उनी नेकपा माओवादी केन्द्रबाट निर्बाचित वडा अध्यक्ष हुन्।भद्र,सालिन र सरल स्वभावका वडाअध्यक्ष घर्ती कुनै पनि कार्यक्रमहरुमा आस्पासन वा अरुलाई पेलेर अभिव्यक्ति दिदैनन।उनि बढी बोलेरेर कम कार्यान्वयन गर्ने प्रबिर्तीका भन्दा काम गरेरै जनताका मन जित्ने स्वभाव भएका ब्यक्ति भएको कतिपय माओवादी केन्द्रका नेताहरुका बुझाई रहेको छ।तत्कालीन १० बर्षे द्वन्दको समय देखि विभिन्न आन्दोलनमा महत्वोपुर्ण योगदान दिएका अध्यक्ष घर्तीले आफू निर्वाचित भए यता सरकारी सवारीनै प्रयोग गरेनन्।बरु सरकारी साधन र इन्धन खरिदको लागि आएको कोषबाट उनले गैरा गाउँमा सार्वजनिक सौचालय निर्माण गरेर जनताको मन जित्न सफल भए।पछिल्लोसमय उनै वडा अध्यक्ष घर्तीको एक फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ।त्यो फोटो हो उनै वडा अध्यक्ष घर्तीले ७ रोपनी जमिनमा उत्पादन गरेको अर्गानिक ब्रोकाउलीको,मध्यम बर्गिए परिवार रहेको घर्तीले मेहनतका कार्यालयमा मात्र काम गर्दैनन्।उनले साझ बिहान र फुर्सदको समयमा घरमा रहेको करिब ८ रोपनी जग्गामा ब्रोकाउली उत्पादन गरेका छन्।उनले भने म जनताको सेवक हुँ।कृषीकर्मबाट समाज आत्मनिर्भर हुनसक्छ भनेर हामीले बारम्बार भनिरहँदा त्यही समाजभित्र म पनि त पर्छु।अरु जनप्रतिनिधिहरुले के गर्नु हुन्छ मलाई थाह छैन।तर सकारात्मक सन्देश दिने कुनैपनि कार्य गर्नु छ भने पहिला हामी भन्ने होइन मबाट गर्नु पर्दछ भन्ने सिद्धान्त मेरो छ। त्यसैले ब्रोकाउली लगाएत अन्य तरकारीबाली पनि खेती गरेको छु।मलाई दिनभरी कार्यालयमा जनताहरुको सेवा गर्नुमा जति आनन्द आउँछ।घरमा आएर कृषि कर्म गर्दा पुर्खाको पेशालाई निरंतरता दिन पाउदा झनै आनन्द लाग्छ-वडा अध्यक्ष घर्तीले बताए।आफू जनप्रतिनिधि भएर ठूलो मान्छे बनेको नभएर सर्वसाधारण जनताको सेवक रहेको उनको भनाई रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]