(महेन्द्र सिंह)
बाँके । बुधबार बेलुकी साँझ ७ बजेर तिर काठमाण्डौंंबाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज एयरपोर्टमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ ।
नेपालगन्ज विमानस्थलका प्राविधिकहरुको सूचनाको अधारमा बुद्धको ९ एन ए जे एक्स ४०७ जहाज अवतरणपछी रनवे मा दौडिरहेको अवस्थामा जहाजको पांग्रासँग ठोक्किएर स्याल मरेको छ । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको छन भने जहाजमा पनि कुनै ठुलो क्षती केही पनि नभएको ।
बाँके जिल्ला एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।