१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सशस्त्र प्रहरी जमुनाह बिओपीले ३ वटा घोडासहित अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर १०, २०७८


ABC(क्राईमबिट)
बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्जको सिमा नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध वस्तुसहित मोटरका पार्टस बरामद गरेको छ।

सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ जमुनाह गाउँबाट भारतबाट नेपालगन्ज ल्याउँदै गरिएका ३ वटा घोडासहित मोटरका पार्टसका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाले जानकारी दिएका छन् ।

बिशेष सुराकीका आधारमा बिहीवार साँझ सशस्त्र प्रहरी निरीक्षक बुढाको कमान्डमा गएको टोलीले १ लाख ६० हजार रुपैयाँ बराबरका ३ वटा घोडा, मोटरका पार्टसका सामग्री र तरकारी बरामद गरेको हो।

बरामद गरिएका सबै अवैध वस्तु तथा अवैध सामाग्रीहरुलाई आबश्यक कारबाहीका लागि आज बिहान नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!