१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

अबदेखि मिल्दाजुल्दा अनलाइन दर्ता गर्न नपाउने काउन्सिलमा छलफल

Logo
प्रकाशित शुक्रबार, मंसिर १०, २०७८


(ABC-Sanchar)
काठमाडौं । अनलाइन व्यवस्थापनका विषयमा प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।
सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए ।
महासङ्घका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबीच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।

अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आवश्यक रहेको उल्लेख गर्दै काउन्सिलले समाचारको विषयवस्तुमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले हुबहु कपी गर्ने विरुद्ध सक्रियता जनाउनुपर्ने, क्षतिपूर्तिको समेत व्यवस्था भए झन प्रभावकारी हुने बताउनुभयो ।

सञ्चार मन्त्रालयका उपसचिव सँगिता ओझाले काउन्सिल मिडियाको अविभावक संस्था भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै मन्त्रालयले मिडियाको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्य लालबाबु शेखले प्राप्त सुझावलाई गम्भीर रुपमा लिई आवश्यक प्रक्रियामा लैजाने जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!