१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सिमेन्ट उद्योगीद्वारा मियाँलाई सम्मान

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८


(ABC-Sanchar)
कपिलवस्तु । नेपाली काँग्रेसको गत बुधबार सम्पन्न कपिलवस्तु क्षेत्र नं ३ को अधिवेशनबाट अत्याधिक मत ल्याई महाधिवेशन प्रतिनिधिमा विजयी भएका उद्योगी जमशेर अलि मियाँलाई उद्योगीहरुले सम्मान गरेका छन् । कपिलवस्तुमा रहेका सिमेन्ट उद्योगका सन्चालकहरुले चन्द्रौटा उद्योग बाणिज्य सघंका अध्यक्ष तथा सिमेन्ट उद्योगी ब्यावसायी कपिलवस्तुका अध्यक्ष समेत रहेका मियालाई सम्मान गरेका हुन् । नेपाली काँग्रेसको क्षेत्रीय अधिबेशनबाट निर्वाचित मियालाई उद्योगीहरुको उद्योगको हकहितमा कार्य गर्न अनुरोध गरेका थिए ।
नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्यीय तथा अटल सिमेन्ट उद्योगका सन्चालक जमशेर अलि मियालाई नेपाली काँग्रेसको प्रदेश समितिमा उम्मेदवारी दिन उद्योगीहरुले सुझाव दिएका थिए । पशुपति सिमेन्टका गोविन्द अग्रवाल, एमजेपी सिमेन्ट उद्योगका रवि ढकाल, शुभलक्ष्मी सिमेन्ट उद्योगका अजित अधिकारी, भुगर्भ सिमेन्ट उद्योगका राजाराम तिवारी, महाशक्ति सिमेन्टका केशब बर्तौला लगायतका उद्योगीहरुले मियालाई सम्मान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!