१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सिन्धुलीको जनता बिजुलीको पोल मात्र हेरेर चित्त बुझाउन बाध्य छ्न।

Logo
प्रकाशित शनिबार, मंसिर ११, २०७८

(ABC-Sanchar)
सिन्धुली। हरिहरपुरगढी गाउँपालिकाका दर्जनौँ गाउँ बिजुली बाल्ने प्रतीक्षामा बसेको वर्ष बितिसक्यो। तर, गाउँमा अझै बिजुली बाल्न सकेको छैन।

गाउँपालिका भरी एकै साथ बिद्युत् करण गर्ने काम सुरु भएको भए पनि केही पालिकाका केही गाउँमा मात्र बिजुली बलेको स्थानीयको भनाई छ । अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन् । गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका छन् । गाउँपालिका प्रमुख लामाका अनुसार केही वडामा अहिले पनि संरचना निर्माणको काम चलिरहेको छ । पोल र तारको काम सम्पन्न भइसकेको स्थानमा पनि बिजुली बलेको छैन ।

गाउँ पालिकाकाले ध्यान नदिएको र ठेकेदार कम्पनीले समेत बेवास्ता गर्दा आफूहरूले समयमै बिजुली बाल्न नपाएको हरिहपुरगढी गाउँपालिका–६, का स्थानीय आइते लामाले गुनासो गरे । ुहामी वर्ष दिन देखी बिजुलीको पोल र तार हेरी रहेका छौं,ु उनले भने, ुकाम सकिएको ठाउँमा पनि किन यतिको समय बिजुली बाल्न नदिएका हो रु उता सरकार बिजुली खेर गयो भन्छ । कुरा बुझ्न सकेको छैन । विभिन्न बहानामा काममा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।ु

गाउँ पालिकाले गाउँमा बिद्युत् करणको लागि वर्ड बैँकलाई ठेक्का दिएको गाउँपालिका प्रमुख लामाले बताए । भौतिक संरचना निर्माण भई सकेको स्थानमा तुरुन्तै बिद्युत् सञ्चालनको तयारी भइरहेको उनको दाबी छ । वडा नम्बर ३ र ६ मा संरचना निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिका प्रमुख लामाले भने, बिजुली छोड्न मात्र बाँकी छ । वर्षातले बाटो बिगारे पछि, समयमै सामान पुर्‍याउन नसक्दा काममा ढिलाइ भएको उनको भनाई थियो।

स्थानीयका अनुसार हाल पोल र तारको काम सम्पन्न भएको स्थानमा वैशाख मसान्तसम्ममा बिजुली बाल्ने योजना ठेकेदार गाउँपालिकाले सुनाएको थियो । त्यस पछि फेरी भाका अषाढ मसान्तलाई सारिएको थियो । हाल आएर अझै अन्योलमा राखे पछि आफूहरू समस्यामा परेको उनीहरूको भनाई छ । बिजुलीको प्रयोगबाट खाने पानी लगाएतको समस्या समेत समाधान हुने अपेक्षामा बसेका स्थानीय हिउँदमा काकाकुल हुनुपर्ने चिन्तामा परेको बत्ताउँछन् ।

गाउँमा बिजुलीको पोल र तार लागेको वर्ष दिन बित्न लाग्दासमेत बिजुली बल्ने कुनै छाटकाट नदेखिएपछि निराशा छाएको स्थानीय उपेन्द्र थिङको भनाई छ । गाउँपालिकाको झण्डै ५२ सय घरधुरी मध्य यस अभियानबाट ७५ प्रतिशत घरधुरीले बिजुली बाल्न पाउने गाउँपालिकाको दाबी छ । बाँकी घर धुरीमा पनि ग्रामीण विद्युतीकरणबाट बिजुलीको व्यवस्था गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले अभियानकै रूपमा यस वर्ष भित्रमा ३५ देखि ३८ घरधुरीमा बिजुली बाल्ने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख लामाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!