ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज सिमा नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध लत्ताकपडा बरामद गरेको छ ।
नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक भुपेन्द्र रोकायको कमान्डमा गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगन्ज १५ पिपरा हुँदै नेपालगन्ज ल्याउँदै गरेको ठुलो परिमाणको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिएका छन् ।
बिशेष सूचनाका आधारमा आज बिहान २ बजे नायब निरीक्षक रोकायको कमान्डमा गएको टोलीले २ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।
सशस्त्र प्रहरी उपरीक्षक बमका अनुसार बरामद गरिएका अवैध लत्ताकपडामा ९७ हजार ५ सय रुपैयाँ पर्ने ९७५ मिटर काँचो कपडा र १ लाख २८ रुपैयाँ पर्ने उलन कुर्ती सिङ्गल १२८ पिस रहेका छन् ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिएका छन् ।