१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

नेकपा एमाले महाधिवेशन : दाङबाट केन्द्रीय कमिटिमा को–को ??

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

(ABC-Sanchar)
चितवन । चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । आइतवार राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।

जसमा दाङबाट एमालेको केन्द्रीय कमिटिमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौं जना परेका छन् । सर्वसहमतीका लागि पेश गरिएको केन्द्रीय कमिटिको सूचिमा पार्टीको उपाध्यक्षमा युवराज ज्ञवाली, महासचिवमा शंकर पोख्रेल र केन्द्रीय सदस्यमा नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, शान्ता चौधरी, घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी, सीता सिग्देल न्यौपाने र साजिदा सिद्धिकीको नाम परेको छ । यद्यपी महाधिवेसनले औपचारिक रुपमा अनुमोदन गरी घोषणा गर्न बाँकी छ । तस्बिर पहिलो पेजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!