१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बाँकेमा प्रहरी प्रमुख एसपी अधिकारी आएको ५ महिनामा १०७ फरार प्रतिवादीहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिबादीहरु धमाधम पक्राउ गरेको छ । हालसम्म १०७ जना फरार प्रतिवादी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । असारमा एसपी श्यामकृष्ण अधिकारीले बाँकेको सुरक्षा कमाण्ड सम्हालेका थिए । उनी आएको पाँच महिनामै यो सफलता मिलेको हो ।

उनी आएकै महिनामा १० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा बैंकिङ्ग कसुरका ३ जना, लेनदेनका ३, चोरीका २ तथा वन र जबर्जस्ती करणीका १/१ जना थिए । साउनमा यो संख्या बढेर तेब्बर पुग्यो । साउनमा पक्राउ पर्ने फरार प्रतिवादीको संख्या ३२ पुगेको थियो । त्यसमा चोरीका १५, लागू औषध, लेनदेन, चेक अनादारका ३/३ जना, सवारी ज्यान २ तथा बैंकिङ्ग कसुर, नकबजनी चोरी, आगलागी, वन, बाल यौन दुराचार, अभद्र व्यवहार र हातहतियार खरखजनाका १/१ जना प्रतिबादी पक्राउ परेका हुन् ।

यस्तै एसपी अधिकारी आएको तेस्रो महिना भदौमा पनि २० जना फरार प्रतिवादी पक्राउ परे । त्यसमा चेक अनादार ५, बैंकिङ्ग कसुर, चोरी, कुटपिट र सवारी ज्यानमा २/२ जना तथा ज्यान मार्ने उद्योग, लागूऔषध, मानव बेचविखन, जबर्जस्ती करणी, आगलागी, गोवध र बैदेशिक रोजगार मुद्दामा १/१ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले उपलब्ध गराएको तथ्यांक अनुसार असोज महिनामा पनि १६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा जबर्जस्ती करणी मुद्दामा ६ जना, लागूऔषध, बन्यजन्तु ओसारपसार र सार्वजनिक अपराधमा २/२ जना पक्राउ परे । त्यस्तै बन, चोरी, सवारी ज्यान र बहुविवाह मुद्दाका १/१ जना पक्राउ परेका थिए ।

कार्तिक महिनामा १८ जना फरार प्रतिवादी पक्राउ परेका थिए । त्यसमा लागूऔषधका ४ जना, चोरी, लेनदेन, चेक अनादार, हेलचक्र्याइँ गरी कर्तब्य ज्यान र बाल यौन दुब्र्यवहार २/२ तथा ज्यान मार्ने उद्योग, सवारी ज्यान, घरेलु हिंसा र रेडपाण्डा मुद्दाका १/१ जना फरार प्रतिवादी पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । यस्तै मंसिर महिनाको हालसम्म ११ जना पक्राउ परेका छन् । त्यसमा बन र गोवधका २/२ जना तथा चोरी, कुटपिट, लागूऔषध, लेनदेन, चेक अनादर, पुनःचलन र अभद्र व्यवहारमा १/१ जना पक्राउ परेका छन् ।

बाँके प्रहरी प्रमुख एसपी अधिकारीले बाँके प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई प्राथमिकतामा राखेर अभियानकै रुपमा अगाडि बढाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!