२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुबै मृगौला फेल रामसिंङ बिश्वकर्मा बचाउ अभियान चलाउदै चेतमान बांठा र बिरेन्द्र घर्ती

Logo
प्रकाशित मंगलबार, मंसिर १४, २०७८

  • (ABC-Sanchar)
    रोल्पा । दुवै मृगौला फेल भएर पीडित बनेका रामसिंङ बिश्वर्कमा बचाउ अभियान चलाउदै पत्रकार चेतमान बांठा र बिरेन्द्र घर्ती ले रोल्पा को होलेरी बाट अभियान सुरु गरेका छन

रोल्पा को रुन्टिगढि गा. पा वडा नं. ५ जस्पुर निवासी ३१ बर्षीय रामसिङ बिश्वर्कमाको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् ।
३१ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।

बुवा मुमानसिह बिश्वकर्मा र आमा धनसरी बिश्वकर्माको कान्छो छोरा रूपमा जन्मिएका रामसिंङ बिश्वर्कमा
लोकदोहोरी गायक,डिजिटल मिडिया पत्रकार, दाङ जिल्ला यसोसियसन सदस्य, लोक तथा दोहोरी गीत प्रतिस्ठानको सहसचिब,र स्वर्गद्वारी ए.फ.एमका कुशल कार्यक्रम सन्चालक हुन ।
केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित रामसिंङ सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
नेपाल भारत मैत्री हस्पिटल तथा चेष्ट सेन्टर काठमाडौंमा उपचार गरिरहेका रामसिंङ को आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि आर्थिक समस्या भएको हो । उन को उपचार को लागी सम्पर्क मोबाइल नं. 9860207171 र 9742252101 मा सम्पर्क गरि सहयोग अपिल गरेका छन,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]