
(ABC-Sanchar)
काठमाडौं । नयाँ दिल्लीको राज्य सरकारले ३० प्रतिशतको करलाई १९.४० प्रतिशतमा झारेपछि पेट्रोलको मूल्य घटेको हो। पेट्रोलको मूल्य घटेपछि दिल्लीका बासिन्दाले राहत महसुस गरेका छन्। 
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ घटाएपछि अब तेलको मूल्य ९५.९७ रुपैयाँ तोकिएको छ। यसअघि दिल्लीबासीले १०३.९७ रुपैयाँमा पेट्रोल लगाउँथे।
नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि भएको भन्दै प्रदर्शन हुँदै आएको छ। यहाँ विभिन्न पार्टीका विद्यार्थी संगठनहरुले पेट्रोल पम्पमै गएर प्रदर्शन गरेता पनि पेट्रोलको मूल्य घटेको छैन। हालै विप्लव समूहले मूल्यवृद्धि फिर्ता गर्न भन्दै नेपाल बन्दको आह्वान गरेको थियो। नेपालमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १३६ रुपैयाँ हो।
इन्डियन एक्सप्रेसबाट