१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

विप्लव नेतृत्वको नेकपा फुट्यो अर्को नेकपा क्रान्तिकारीको गठन

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेकपा क्रान्तिकारीको आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।

उनले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप लगाए ।

उनले विप्लव नेतृत्वको नेकपा पूर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमतसंग्रह नामको चुनावमार्फत वैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेर पूर्णत: असफल भइसकेको छ ।’

उनले फेरि क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरी क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे ।नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]