१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङको सडक र पुलको अधुरो काम तत्काल सुरु हुन्छ: सिडियो हिरालाल रेग्मी

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

(ABC-Sanchar)
दाङ । जिल्लाको अधुरो सडक पुलको कामले आइतवारदेखि काम सुरु गर्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । सडक निर्माणको लागि निर्माण कम्पनीले अहिले काम गर्नका लागि अनुमति लिने प्रक्रियामा रहेकाले कामले गति लिन नसकेको भन्दै आइतवारदेखि सडक निर्माणको कामले गति लिने बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय दाङले पत्रकारहरुसँग आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमकामा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले तुल्सीपुर देखि घोराही लमही सडकसँगै पुल निर्माणको कामलाई पूरा गर्नका लागि आफुले निर्माण व्यवसायीलाई बोलाएर छलफल गरिसकेकाले अब छिट्टै निर्माणको काम अघि बढ्ने बताएका थिए ।

‘घोराही–तुलसीपुर फोरलेन सडकको काम अघि बढाउनका लागि निर्माण कम्पनी अनुमति लिने प्रक्रियामा रहेकाले अहिले कामले गति लिन नसकेको निर्माण व्यवसायीले बताएका छन्’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘निर्माण व्यवसायीका अनुसार प्रक्रिया मिलाउने काम यही हप्ता सकिने र आउने आइतवारदेखि सडक निर्माणको कामले गति लिनेछ ।’ उनले सडक निर्माणसँगै पत्रेखोला र कटुवा खोलामा बाँकी रहेको पुलको कामलाई समेत अघि बढाउनका लागि निर्माण कम्पनीलाई निर्देशन दिएको बताए ।

‘सडकसँगै पुल निर्माणको काम पनि रहेछ, निर्माण व्यवसायीलाई बोलाएर पुल निर्माणको कामलाई अघि बढाउन भनेको छु, त्यसका लागि आवश्यक सहयोग प्रशासनले गर्ने प्रतिबद्धता गराएको छु’, उनले भने, ‘निर्माण व्यवसायीले ३–४ दिनमै काम सुरु गर्ने भनेको छन्, त्यसमा फलो गर्ने काम प्रशासनले गर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी आफ्नो काम जिल्लामा शान्ति सुरक्षासँगै विकासका काममा सहजीकरण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै आपू त्यही अनुसार अघि बढ्ने प्रमुख जिल्ला अधिकारीको भनाई थियो । साथै उनले जनताको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले हप्ताको एक दिन लमही र तुलसीपुर पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारीको कामलाई निरन्तरतादिने समेत बताएका थिए । त्यस क्रममा उनले नियम विपरित हुने नदीजन्य पदार्थको उत्खन्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

मापदण्ड र उद्देश्य विपरीत रहेका उद्योगहरूलाई स्थानीय सरकारसँग समन्वय गरेर कानुनी दायरामा ल्याउने बताएका हुन् । ‘नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ भन्ने विहान ४ बजेदेखि नै मलाई फोन आउन सुरु गर्छ’, उनले भने, ‘जिल्ला नदीजन्य पदार्थको उत्खन्नको कामलाई पनि नियमन गर्न आवश्यक देखिएको छ ।’ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा मगरले नदीजन्य उत्खन्मा केही समस्या रहेको बताएकी छिन् ।

नदीजन्य पदार्थको उत्खन्को जिम्मा दिने र नियमन गर्ने काम समेत स्थानीय तहको रहेकाले त्यसमा विशेष ध्यान स्थानीय तहहरूले दिन आवश्यक रहेको बताएकी हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका जिल्ला अध्यक्ष दुर्गालाल केसीले जिल्लाका सञ्चार क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए ।


 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!