१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

भूमिहीनको हातमा लालपूर्जा छिटो पुग्छ: भुमि ब्यबस्था मन्त्री सशी श्रेष्ठ

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८

(ABC-Sanchar)
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन्। अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्।

भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनको जिकिर छ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]