२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

३० बर्ष कार्यकाल पुरा गरि जानलाग्नु भएका इनेस्पेक्टर ज्योति कमल गुरुङको भब्य बिदाई

Logo
प्रकाशित बिहिबार, मंसिर १६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा लगभग ३० बर्षको गौरवशाली एवं चुनौतीपुर्ण सेवा अबधि देश र जनताको सेवा र सुरक्षामा समर्पित भई प्रहरी नियामवली, २०७१ (संशोधन सहित) को नियम १२७ को (१-क-५) बमोजिम सेवा निवृत्त हुनु भएका यस प्रतिष्‍ठानमा कार्यरत प्रहरी निरीक्षक ज्योति कमल गुरुङज्यूलाई २०७८ मंसिर १५ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बीच बिदाई गरियो ।

प्रमुख अतिथिज्यूले सेवा निवृत्त भई जान लाग्नु भएका प्रहरी निरीक्षक ज्योति कमल गुरुङज्यूलाई प्रतिष्‍ठानको तर्फबाट मायाको चिनो प्रदान गर्दै आफ्नो जिवनको उर्जाशील र उर्वरशील समय पवित्र संगठन प्रति समर्पित भई पुर्‍याउनु भएको योगदानको उच्च कदर गरी वहांको प्रतिष्ठान तथा नेपाल प्रहरी प्रतिको योगदानको स्मरण गर्दै आगामी अवकाश पछिको पारिवारिक एवम सामाजिक जिवन सुखमय होस भनि शुभकामना व्यक्त गर्नु भयो । साथै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तर्फबाट र सिंगो संगठनको तर्फबाट हार्दिक आभार समेत प्रकट गर्नु भयो ।

कार्यक्रममा सेवा निवृत्त भई जान लाग्नु भएका प्रहरी निरीक्षक ज्योति कमल गुरुङज्यूले लगभग ३० बर्षे सेवामा रहँदाको आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्दै राष्ट्रि य प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक तथा प्रतिष्‍ठान परिवारलाई धन्यवाद दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]