१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङका सुरक्षा प्रमुखहरु सुरक्षा अबस्था बुझ्न भारतसंग जोडिएको कोइलाबास नाकाको अनुगमनमा

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८


ABC (क्राईमबिट)
दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । प्रमुख रेग्मीले भारतसंग सिमाना जोडिएको कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा जिल्लामा रहेका ७७ वटा अन्र्तराष्ट्रिय सीमा स्तम्भहरुको बारेमा जानकारी लिएका हुन् ।
जिल्लामा रहेका ७७ वटा सिमा स्तम्भ मध्यबाट १२ वटा सिमा स्तम्भहरु मर्मत गर्नु पर्ने अवस्थामा रहेको छ भने ४८ नम्बरको सीमा स्टम्भ खह्रे खोलाले बगाएकोले त्यसको बारेमा चासो समेत व्यक्त गरेका छन् । उनले हराइरहेको सिमा स्तम्भको छिट्टै पत्ता लगाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै प्रमुख रेग्मीले भारतीय एसएसबी सीमा सुरक्षा प्रमुख बलका प्रमुखसंग सुरक्षा तथा सिमा स्तम्भ सम्बन्धी जानकारी लिएका छन् । राजपुर र गढवा गाउँपालिकाका प्रमुख र स्थानीय पदाधिकारीसंग समेत छलफल गरेका छन् ।
त्यस्तै जिल्लाको गढवा गाउँपालिका ८ स्थित कोइलाबास नाकाको अवलोकन गर्ने क्रममा प्रमुख रेग्मीले कोरोना भाइरस संक्रमणको नयाँ रूप (भेरियन्ट) ‘ओमिक्रोन’ नेपालमा भित्री नदिन भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा उच्च स्तरीय सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रमुख रेग्मीले कोइलाबास नाकाको स्थलगत अनुगमनका क्रममा विशेष सुरक्षा सर्तकता अपनाउनु पर्ने भन्दै सुरक्षा प्रमुखहरुलाई कडा निर्देशन समेत दिएका छन् ।

नेपाली सेना नं.१९ बाहीनीका सहायक बाहिनीपति महासेनानी दिनेश रजौरे, जिल्लाका नेपाली सेनाका जिल्ला प्रमुख सेनानी रविन्द्र महर्जन, सश्सत्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख टोप बहादुर खनाल, राष्ट्रिय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी उपरिक्षक अर्जुन भण्डारी, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले, गढवा गाउँपालिकाका उपप्रमुख लगायतको उपस्थितीमा सिमाको स्थलगत अनुगमन तथा अवलोकन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएको पुष्टि गरेको छ। यो घटना दक्षिणी लेबननको एडचिट अल कुषायर नजिकैको शान्ति बलको पोष्टमा विस्फोटक हान्दा भएको हो। यस क्षेत्रमा इजरायली सेना र इरान समर्थित हिज्बुल्लाहबीच केही महिनादेखि चलिरहेको सङ्घर्षले स्थानीय शान्ति सैनिकहरूको सुरक्षा जोखिममा […]

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–९ स्थित हनुमान मन्दिर नजिकै नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९१० नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा.प्र.०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी (छोटा हात्ती) र बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार दुर्घटनामा ट्रक चालक रामेछाप ठाडादेवीका ३२ वर्षीय […]

error: Content is protected !!