२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

महोत्सव नलगाउन भन्दै तुलसीपुरका व्यवसायीहरु आन्दोलितमा

Logo
प्रकाशित शुक्रबार, मंसिर १७, २०७८

(ABC-Sanchar)
दाङ । तुलसीपुरमा लगाउन लागेको मेला महोत्सवको बिरोधमा फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले विरोध र्‍याली निकाल्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन् ।

कोरोना महामारीको तेस्रो भेरियन्त ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले आज शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमानगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र समेत बुझाएको तुलसीपुर उद्योग बाणिज्य संघको फेन्सी व्यवसायी उपसमितीका संयोजक रुपेश शर्माले जानकारी दिए । विभिन्न बहानामा मेला महोत्सव लगाउदा खेरी व्यवसायीहरुलाई व्यापारमा घाटा हुने भन्दै व्यवसायीहरु आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

त्यस्तै संयोजक शर्माले बिहीबारदेखि मेला लगाउन नहुने भन्दै हस्ताक्षर संकलन शुरु गरेको समेत बताए । तुलसीपुरमा ब्यबसाय गर्दै आएका बहुमत ब्यबसायीले मेला महोत्सवको बिरोध गर्दापनि सुनुवाई नभए आफुहरु बन्द, हड्ताल लगाएतका आन्दोलनमा जान बाध्य हुने शर्माको भनाई छ । कोरोना भाइरसको नयाँ भेरियन्ट आइ रहेको समयमा मेला महोत्सव लगाउँदा महामारी फैलिने झनै संभवाना बढ्ने हुँदा आफुहरु बिरोधमा उत्रनु परेको उनले तर्क छ ।

यसैबिच बुधबार मात्रै चन्द्र सुर्य यातायात प्रालिले तुलसीपुरमा पत्रकार सम्मेलन गरि ‘प्रथम प्रादेशिक फेस्टिबल’ तुलसीपुर ६ बरुवागाउँमा मंसिर २३ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिएको छ । त्यस्तै नेकपा एमाले निकटको ब्यपारिक संगठन तुलसीपुर चेम्बर अफ कमर्शले पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुरमै महोत्सव लगाउने जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]