(ABC-Sanchar)
काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ-सेवामा सर्वसाधरणको विश्वसनीयता घट्दै गएकाे छ । इ-सेवामा विभिन्न समस्या देखिन थालेपछि सर्वसाधरणको विश्वसनीयता घट्दै गएकाे हाे । सर्वसाधरणले इ-सेवामा गलत भुक्तानी, फिर्ताको प्रक्रिया झन्झटिले प्रक्रिया, इ–सेवामा रकमलाेड नहुने लगयतका समस्याकाे सामना गर्नु परेकाे छ । बैंकबाट लाेड गरेकाे पैसा इ-सेवाकाे खातामा नआएकाे भन्दै सर्वसाधरण आक्राेसित छन् ।
इटहरीका नवराज दाहालले ९ दिन सम्म आफ्नाे समस्या समाधान नभएकाे भन्दै आक्राेश व्याक्त गरेका छन् । उनले याे आक्राेश समाजिक सञ्जालमा समेत व्याक्त गरेकाे देखिन्छ । उनका अनुसार भनेका छन्, “आज ९ दिन भयोबैक बाट ३०,०००/- इ-सेवामा लाेड गरेकाे, बैंकमा व्यालेन्समा घटिसक्यो तर इ–सेवामा अहीले सम्म आएन, अहीले सम्म इ–सेवालाई ७ पटक भन्दा बढी फोन गरी सके तर अत्तोपत्तो छैन । यस्तो छ इ–सेवाकाे विश्वसनीयता ।” उनले यसैमा थपेका छन् ‘इ–सेवाबाट सबै सावधान रहनु होला है ।’नवराज एउटा प्रतिनिधि पात्र मात्रै हुन इ–सेवाकाे लापरवाहिले दुख पाउनेकाे सर्वसाधरणको संख्या ठुलाे रहेकाे छ । इसेवाका अर्का एक प्रयाेगकर्ताका अनुसार आफुलाइ इसेवाले अनावश्यक रूपमा पैसा हाेल्ड गरेर धेरैने दु:ख दिएकाे बताए। व्याज पनि आउनै हैन, अर्जेन्ट परेर लाेड गर्याे पैसा हाेल्ड गरिदिन्छ ।
यस बिषयमा इ-सेवा सँग सम्पर्क गर्दा, इ-सेवाले अनाधिकृत रूपमा कसैकाे पनि रकम हाेल्ड नगर्ने बताइएकाे छ । आफुहरूले ग्राहकबर्गहरूकाे समस्या समाधान नहुनुले इसेवा आम ग्राहकहरू प्रती कति जिम्मेवार रहेकाे प्रश्ट देखिन्नछ । यस्ता प्रकारका समस्याहरूमा सम्बन्धित निकायबाट उचित कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।
इसेवा बिभिन्न काण्डहरूमा समेत मुछिदै आएकाे छ । काठमान्डाैं बाट संचालित एक अनलाइन न्युज पोर्टलमा आफु अनुकुल समचार प्रकाशित नभए पश्चात अनाधिकृत रूपमा समाचार डिलेट गरे पश्चात साे प्रकरणले मिडिया क्षेत्रमा मात्र नभइ बैंकिङ क्षेत्रमा समेत ठुलाे हलचल व्याएकाे थियाे । विद्युतीय भुक्तानी सेवाप्रदायक इसेवाका मालिक समेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान समेत चलाइएकाे थियाे । पुर्बेली न्युजबाट