२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको डिआइजी बन्नेहरुको दोरधुप सुरु को को बन्दै छ्न त ?

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थपिने प्रबल सम्भावना देखिएको छ । एसएसपीको दरबन्दी रहेको लागूऔषध नियन्त्रण ब्यूरोमा डिआइजीको सरुवा भएसँगै गृह मन्त्रालय दरबन्दी थप्ने पक्षमा देखिएको छ । गत शनिबार डिआइजी मुकुन्द आचार्यलाई ब्यूरोमा काज सरुवा गरिएको हो ।

ब्यूरोमा केही समयपछि डिआइजीकै दरबन्दी राख्ने यौजनाअनुसार उनको काज सरुवा गरिएको स्रोत बताउँछ । ब्यूरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भरतपुर तालिम केन्द्र, महानिरीक्षकको सचिवालय, ट्राफिक महाशाखालगायत निकायमा डिआइजीको दरबन्दी थप्ने प्रयास भइरहेकोे छ ।

एआइजीको पनि दरबन्दी थप्ने चलखेल जारी छ । डिआइजीहरू रविन्द्र धानुक, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामालगायतलाई बढुवा गर्न एआइजीको दरबन्दी थप हुन लागेको हो । तर, ठ्याक्कै कति दरबन्दी थप हुने प्रष्ट भएको छैन ।

एआइजीको दरबन्दी थपिए डिआइजीको बढुवामा मारामार हुने देखिन्छ । अवकाश पाउन लागेका डिएसपीहरू पूजा सिंह, हरिराज वाग्ले, विक्रम चन्द, शेखर कोइराला, सुशील यादव, मोहन आचार्य, प्रदीप श्रेष्ठलगायतलाई बढुवा गर्न दरबन्दी थप हुन लागेको हो । अन्लाईन पत्रिका मिडिया हाउस

दरबन्दी थपिए पछिल्लो ब्याचका एसएसपी पनि बढुवामा पर्ने सम्भावना छ । जसमा सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्याम ज्ञवाली, दीपक थापा, भीम ढकालको नाम चर्चामा छ । उनीहरूमध्येबाटै दुई वर्षपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन हुने भएकाले पनि यो ब्याचमा बढुवामा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!