१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

प्रहरी जवानको १६ बर्षमै पेन्सन र घर जान पाउने नियमावली बन्दै

Logo
प्रकाशित सोमबार, मंसिर २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनामा सिपाहीले सेवा अवधिको १६ बर्षमै जागिरबाट अवकाशमा जान मिल्ने व्यवस्था भएपछि अन्य सुरक्षा निकायमा पनि त्यसबारे माग बढ्दो छ।

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सो व्यवस्था ल्याएपछि वाहवाही पाएका थिए।

नेपाली सेनामा १६ बर्षमा जागिर छाड्न पाउने र २० बर्षपुगेपछि पेन्सन पाउने व्यवस्था भएपछि सोही व्यवस्था प्रहरीमा पनि लागू हुनुपर्ने माग संगठनभित्र चर्को रुपमा उठेको छ।

प्रहरीमा उठेको माग सम्बोधनका लागि गृहमन्त्रालय सकरात्मक देखिएको छ। गृहसचिव टेकनारायण पाण्डेले यसअघि सार्वजनिक कार्यक्रममै सेनाको जस्तै प्रहरीमा पनि १६ बर्षेमै पेन्सन पाउने व्यवस्था लागू गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन।

यसैबीच, गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको प्रक्रिया अगाडी बढाएको स्रोतले जनाएको छ।

प्रहरी आईजीपी शैलेश थापा क्षेत्रीको सिफारिसमा गृहमन्त्रालयले जवानहरूको पेन्सन १६ वर्षे बनाउने गरि नियमावली संशोधन प्रक्रिया अगाडि बढाएको छ।
सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!