२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सेटिङ्गमा लाइसेन्स फेललाई फिल्डमै पास गर्दै यातायात अख्तियार ट्राफिक अनुसन्धान

Logo
प्रकाशित मंगलबार, मंसिर २१, २०७८


(एबिसी-ब्युरो)
बाँके । यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँकेले सवारी साधनको ट्रायल सुरु गरेको छ । कोरोना महामारीको कारण नयाँ सवारी चालक अनुमती पत्रको सम्पुर्ण काम बन्द थियो । सोही बन्दको कारण अहिले सवारी लाइसेन्स बनाउनेको घुइँचो छ । मौकाको फाइदा उठाउदै यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके, अख्तियार दुरुपयोग अनुसन्धान नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, राष्ट्रिय अनुसन्धान बाँके, लगाएको सहमतिमा दैनिक १५ देखि २५ वटासम्म सवारी लाइसेन्स सेटिङमा फेललाई पास हुने गरेको स्रोतले जनाएको छ । नेपालगन्ज र कोहलपुरका ड्राइभिङ सेन्टरहरुसंग उठबस र खानपिन देखि आर्थिक सबै चलखेल यातायात कार्यालय, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग, लगायतको कर्मचारिहरुको मिलोमतोमा लाइसेन्स सेटिङ्ग रहेको स्रोतले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कोहलपुरसङ सेटिङ बनाएका ड्राइभिङ सेन्टरका संचालकहरु अर्थिक खाना देखि रक्सी सम्म खुवाउन तयार हुन्छन । ट्राफिक र ड्राइभिङका संचालक संग बसि लाइसेन्स सेटिङ्गमा निकाल्ने योजना बनाउने र सबै निकायका प्रतिनिधिलाइ लाइन दिएर फिल्डमा क्यामरा भएको भन्दै टाइट छ । अहिले सेटिङ भन्दै रकम असुल्ने गरेको गोप्य स्रोतको दाबी छ । टाइट छ । माथीले धेरै माग्छन भनेको भरमा कारको लाइसेन्स ३० हजार देखि ४० हजार सम्म लिएर बनाउने गरेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार यातायात ब्यवस्था कार्यालय नेपालगन्जका (केशब घिमिरे) (सुशील शर्मा) राष्ट्रिय अनुसन्धान र अख्तियारका प्रतिनिधिको सहकार्य र कोहलपुर ट्राफिक प्रहरी सई (भक्त बहादुर ठकुल्ला) र अन्य कोहलपुरमा रहेका ट्राफिक सई हरुको मिलोमतोमा फिल्डमा फेल भएकालाई लाइसेन्स पास गरेर दिने गरेको प्रवेश पत्रमा फेल भएका लाई रातो मार्क लगाएको प्रष्ट देख्न सकिन्छ छ ।
बाँकेमा लाइसेन्स सेटिङ्ग लकडाउन पछी निरन्तर चलीरहेको स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]