२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सेटिङ्गमा लाइसेन्स फेललाई फिल्डमै पास गर्दै यातायात अख्तियार ट्राफिक अनुसन्धान

Logo
प्रकाशित मंगलबार, मंसिर २१, २०७८


(एबिसी-ब्युरो)
बाँके । यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँकेले सवारी साधनको ट्रायल सुरु गरेको छ । कोरोना महामारीको कारण नयाँ सवारी चालक अनुमती पत्रको सम्पुर्ण काम बन्द थियो । सोही बन्दको कारण अहिले सवारी लाइसेन्स बनाउनेको घुइँचो छ । मौकाको फाइदा उठाउदै यातायात ब्यबस्था कार्यालय नेपालगन्ज बाँके, अख्तियार दुरुपयोग अनुसन्धान नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, राष्ट्रिय अनुसन्धान बाँके, लगाएको सहमतिमा दैनिक १५ देखि २५ वटासम्म सवारी लाइसेन्स सेटिङमा फेललाई पास हुने गरेको स्रोतले जनाएको छ । नेपालगन्ज र कोहलपुरका ड्राइभिङ सेन्टरहरुसंग उठबस र खानपिन देखि आर्थिक सबै चलखेल यातायात कार्यालय, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग, लगायतको कर्मचारिहरुको मिलोमतोमा लाइसेन्स सेटिङ्ग रहेको स्रोतले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कोहलपुरसङ सेटिङ बनाएका ड्राइभिङ सेन्टरका संचालकहरु अर्थिक खाना देखि रक्सी सम्म खुवाउन तयार हुन्छन । ट्राफिक र ड्राइभिङका संचालक संग बसि लाइसेन्स सेटिङ्गमा निकाल्ने योजना बनाउने र सबै निकायका प्रतिनिधिलाइ लाइन दिएर फिल्डमा क्यामरा भएको भन्दै टाइट छ । अहिले सेटिङ भन्दै रकम असुल्ने गरेको गोप्य स्रोतको दाबी छ । टाइट छ । माथीले धेरै माग्छन भनेको भरमा कारको लाइसेन्स ३० हजार देखि ४० हजार सम्म लिएर बनाउने गरेको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार यातायात ब्यवस्था कार्यालय नेपालगन्जका (केशब घिमिरे) (सुशील शर्मा) राष्ट्रिय अनुसन्धान र अख्तियारका प्रतिनिधिको सहकार्य र कोहलपुर ट्राफिक प्रहरी सई (भक्त बहादुर ठकुल्ला) र अन्य कोहलपुरमा रहेका ट्राफिक सई हरुको मिलोमतोमा फिल्डमा फेल भएकालाई लाइसेन्स पास गरेर दिने गरेको प्रवेश पत्रमा फेल भएका लाई रातो मार्क लगाएको प्रष्ट देख्न सकिन्छ छ ।
बाँकेमा लाइसेन्स सेटिङ्ग लकडाउन पछी निरन्तर चलीरहेको स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!