१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

दाङ प्रहरीले २ लाख नगदसहित ६ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

ABC (क्राईमबिट)
दाङ । प्रहरीले एक लाख ९७ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । गयराति साढे १० बजे घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँका ३२ वर्षिय निमबहादुर भण्डारी, रोल्पाको माडी गाउँपालिका ४ का ५७ वर्षिय रणे वली, सोही गाउँपालिका ३ का ४० वर्षिय कुल बहादुर खड्का, सोही ठाउँ कै ३० वर्षिय रामकृष्ण खड्का, ४० वर्षिय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ का ३८ वर्षिय ललित बुढा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी अवैध रुपमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेकाहरुकोे साथबाट एक लाख ९७ हजार सात सय ५५ रुपैँया नगद र ५ गड्डी खोलेको र ५ गड्डी नखोलेको तास बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!