१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पुर्व आईजिपी सर्वेन्द्र खनाललाई अख्तियारको क्लिनचिट

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । अवकाशपछि राजनीतिमा लाग्ने तयारीमा जुटेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुख्यतय दुई वटा तनाव झेलिरहेका थिए । एउटा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो भने, अर्काेतर्फ सर्लाही इन्काउन्टर घटनामा उनी पनि मुछिएका थिए ।

दुई वटा तनावमध्ये खनालले एउटा तनाव भने हल गरेका छन् । निकै दौडधुपपछि आफूविरुद्धको भ्रष्टाचार छानबिन उनले तामेलीमा राख्न सफल भएका छन् । गत असार १३ गते उनीविरुद्धको छानबिन तामेलीमा राख्ने निर्णय भएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतसँग हारगुहार गरेर उनले मुद्दा तामेलीमा राख्न सफल भएको स्रोत बताउँछ ।

महानिरीक्षक हुँदा प्रहरीका खरिदमा व्यापक अनियमितता भएको थियो । त्यसमध्ये पनि ३० वटा स्कर्टिङसम्बन्धि मोटरसाइकल खरिदमा प्रष्ट कानून मिचेको पाइएपछि खनाल संकटमा परेका थिए । ३० वटा मोटरसाइकल खरिदमा मात्र करिब डेढ करोड कमिसनको खेल भएको थियो । छानबिनमा गम्भीर देखिएपछि मुद्दा नै चलाउनुपर्ने निष्कर्ष अख्तियारका अनुसन्धान अधिकृतको थियो । खनाल महानिरीक्षक हुँदा गृहसचिव रहेका प्रेम कुमार राई अख्तियार पुगेपछि खनाललाई राहत भएको हो ।

तर, इन्कान्टर घटनामा भने उनलाई अझै समस्या छ । खनालकै निर्देशनमा सर्लाहीका कुमार पौडेललाई प्रहरीले गोली हानेको थियो । सो घटना इन्कान्टर भनिएपछि पक्राउ गरेर गोली हानिएको मानव अधिकार आयोगले ठहर गरेको थियो । जसमा खनालसहितका प्रहरीमाथि मुद्दा चलाउन भनिएको छ । सर्वाेच्च अदालतको आदेशमा हालै जाहेरी समेत दर्ता भइसकेको छ । जसकारण जुनसुकै बेला समस्यामा पर्न सक्ने भएकाले खनाल राजनीतिमा लाग्ने तयारीमा छन् ।

अवकाश पाएलगत्तै महेश बस्नेत समूहसँग मिलेर राजनीतिक नियुक्ति खाने योजना बनाएमा उल्टो अपहरण प्रकरणमा मुछिएपछि उनी ज्ञानेन्द्र शाहीको समूहसँग नजिकिएका थिए । पछिल्लो समय फेरि एमालेमै प्रवेशको योजना बनाएका छन् । तर, अझै कुरा नमिलेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!