२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कपिलवस्तुमा शिबराज साझेदारी बनबाट अवैध सालको काठहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । डिभिजन बन कार्यलय गौतमबुद्ध चन्द्रौटा र शिवराज साझेदारी वन चन्द्रौटाका कर्मचारीहरुको संयुक्त टोलिले अवैध सालको काठ बरामद गरेको छ।
अवैध ढंगले साइकलमा लोड गरी शिवराज न.पा.वार्ड नं.५ कहराको डाँडाबाट चोरी निकासीका लागि झाँडीमा लुकाइराखेको अवस्थामा विहिवार विहान ४५ क्यु फिट सालको काठसहित ९ थान साइकल पनि बरामद गरिएको डिभिजन बन कार्यालय चन्द्रौटाका सुचना अधिकारी गणेश थारुले बताउनु भयो ।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भाग्न सफल भएको शिवराज साझदारी बन व्यावस्थापन चन्द्रौटा सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले बताउनु भयो । । बरामद काठको बजार मूल्य १लाख ५४ हजार रुपैयाँ पर्ने जनाइएको छ । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको र चाँडै नै यसमा संलग्नहरुको पहिचान हुने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]