२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डोल्पामा घरभित्रै नाकाबन्दी किन ?

Logo
प्रकाशित शनिबार, मंसिर २५, २०७८

(ABC-Sanchar)
जाजरकोट । चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ। देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लो डोल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेको छ।

राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन्।

मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकै नासको हुने गर्छ।

झण्डै चार महिना हिउँले ढाकेको अवस्थामा रहने उपल्लो डोल्पा बाँकी दिनमा समेत चिसो मौसमकै रुपमा आफ्नो परिचय बनाउँदै आएको छ।

डोल्पोबुद्ध गाउँपालिका-१ धोमा बस्दै आएका पेमा गुरुङ भन्छिन्, ‘पशुचौपायलाई जम्मा गरी राखेको उवाको पराल खुवाउने र मानिसहरू घरभित्र थुनिएर बस्नु पर्ने बाध्यता छ।

छिमेकी गाउँमा जान सक्ने अवस्था छैन, हिउँले बाटो बन्द गरेको छ। भारी हिमपातले बाटोको निसाना नै पुरिदिएकाले अन्य ठाउँमा जाने सम्भावना देखिदैन।’ बिरामी पर्दा समेत डोकोमा बेकेर उपचारमा लैजानु पर्ने उनले बताए।

प्रहरी चौकी सदरमुकाम दुने झरे

चिसोका कारण उपल्लो डोल्पाका सात वटा प्रहरी चौकी सदरमुकाम दुनै सारिएको छ। चिसोसँग मुकाविला गर्नका लागि आवश्यक सामग्री व्यवस्थापन नहुँदा प्रहरी चौकी दुनै झारिएको हो। उपल्लो डोल्पा अहिले सुरक्षाविहिन अवस्थामा रहेको पेमाले भनिन्भ। हुने खानेहरू सदरमुकाम दुनैलगायत अन्य देशका विभिन्न ठाउँमा झरिसकेका छन्, गरिबहरू मात्र हिउँको खालमा बस्न बाध्य भएको उपल्लो डोल्पाका नागरिकले बताएका छन्।

यहाँका गर्भवती, सुत्केरी र बालबालिकाले चिसोयाम भरी निकै नै सास्ती पाउने गरेका छन्। सञ्चारसम्पर्क समेत मुस्किलले हुने उपल्लो डोल्पामा बिरामी भएको समयमा उपचार पाउन मुस्किल छ। हिमपातकै कारण उपल्लो डोल्पामा नियमित लगाउनु पर्ने खोप सेवा समेत चार महिना बन्द हुने गरेको स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमख सिंहराज शाहीले बताए।

उनले भने, ‘हिउँले बाटो बन्द छ, हेलिकोप्टरमा खोप ल्याउने सक्ने क्षमता छैन। कम्तिमा चार महिना खोप बन्द हुने गर्छ।’ यहाँ सर्वसाधारणले चिसो मौसमभर पुग्नेगरी खाना जम्मा गरेर राखेका छन्। यहाँका कार्यालय, स्थानीय तहका कर्मचारीहरू समेत दुनै झरेर चिसो मौसम कटाएर उपल्लो डोल्पा जाने गरेका छन्।
उपल्लो डोल्पा तीन वटा हावापानी भएको जिल्ला हो। उपल्लो डोल्पा सधै चिसो र हिउँले सेताम्य हुन्छ। मध्य डोल्पामा मध्य खालको मौसम छ। तल्लो डोल्पामा जाजरकोटसँग मिल्दोजुल्दो मौसम पाइन्छ। यहाँको से-फोक्सुण्डो राष्ट्रिय निकुन्जमा समेत चिसो मौसममा वन्यजन्तुको सुरक्षा गर्न मुस्किल हुँदै आएको छ। उपल्लो डोल्पामा रहेका सुरक्षा पोष्टहरू समेत चिसोले प्रभावित हुने गरेका छन्।

उपल्लो डोल्पामा चिसो मौसयमा स्वास्थ्य संस्था सम्म बिरामी लिन नसक्दा स्थानीय आम्चीद्धारा उपचार कार्य गरिरहेका सर्वसाधारणले बताएका छन्। स्थानीय जडीबुटी मिलाएर बुद्धिष्ट मन्त्रको आधारणमा गरिने यो उपचार विधिमा स्थानीय तहले समेत सहयोग गर्दै आएका छन् । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पा भारी मात्रामा जडीबुटी पाइने क्षेत्रका रुपमा स्थापित छ। हिउँ चितुवा लगाएतका संरक्षित जनावर उपल्लो डोल्पामै पाइन्छ।

हिउँका कारण विकास निर्माणमा बाधा

उपल्लो डोल्पामा हिमपातका कारण विद्यालय समेत बन्द गरिएको छ। हिउँ पग्लिएपछि मात्र विद्यालय खुल्ने छन्। अहिले विकास निर्माणका समेत सबै ठप्प भएका छन्।

चैतबाट मात्र विकास निर्माणका काम सुरु हुने छन्। उपल्लो डोल्पामा हिउँ पग्लिएपछि मात्र विकास निर्माणको काम हुने गर्दछ। आर्थिक वर्ष समेत बदल्नु पर्ने उपल्लो डोल्पाका जनप्रतिनिधिले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]