२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङले पुस १ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै

Logo
प्रकाशित आइतबार, मंसिर २६, २०७८

(ABC-Sanchar)
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले पुस १ गते देखि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । स्थापना दिसवको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम कार्यक्रम गर्ने, २ गते बंगलाचुलीमा मिडीया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाईड सार्वजनिक र ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस बिशेष कार्यक्रम गर्ने निर्णय गरेको सचिव आर.के शितलले जानकारी दिए ।

आईतबार नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ । अध्यक्ष दुर्गालाल केसी संयोजक, उपाध्यक्षहरु बसुन्धरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको पुरस्कार छनोैट समिति, सचिव आर.के.शीतल संयोजक, सह–सचिवहरु दशरथ घिमीरे र दिप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवश कार्यक्रम व्यवस्थापन समिति, उदय बिसी संयोजक, दुःखहरण यादव र गिरिराज नेपाली सदस्य रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनाल संयोजक, अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।

त्यसैगरी बठकले रेडियो स्वर्गद्धारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्माको दुबै मृगौला फेल भईमानव अंग प्रत्यारोपण केन्द्र सहिद धर्मभक्त किड्नी ट्रान्सपलान्ट सेन्टर दुधपाटी भक्तपुरमा उपचाररत रहेकाले उनकोे उपचारका लागि अभियान सुरु गर्ने निर्णय गरेको छ । जसका लागि पत्रकार महासंघ दाङ शाखामा वा रामसिंह बिकको नाममा कृषी विकास बैंकको खाता नम्बर ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नम्बर ०३६००२७१०५००००११ मा रकम जम्मा गरेर भौचर पत्रकार महासंघ दाङ शाखालाई उपलब्ध गराईदिन अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]