१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

एमसीसी सम्झौता खारेजीको बिरोधमा चितवन बन्दको प्रभाव १३ बन्दकर्ताहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, मंसिर २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ। विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो।

बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन्। लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन्।

पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो।

जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा रहेका छन्।

त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाई र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। पक्राउ परेकाहरूलाई साँझ रिहा गरिने उनको भनाइ छ।

पक्राउ परेका बन्दकर्ताको रिहाई र एमसीसी सम्झौता खारेजीको माग गर्दै नारायणगढमा प्रदर्शन गरिएको छ। ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी दलाल होसियार’लगायतका नारा लगाएर र्‍यालीसमेत निकालिएको थियो।

लायन्सचोकबाट सुरू भएको र्‍याली पुलचोक पुगि पुनः लायन्सचोकमा आएर समापन भएको हो। एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकाले खारेजीको माग गरेको एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए।

‘जनताले विगतमा गरेको दबाबले अहिलेसम्म एमसीसी पास हुन सकेको थिएन । तर, अहिले पारित गर्नका लागि विभिन्न षड्यन्त्र बनाइएको छ’, उनले भने, ‘जनताले शसक्त ढंगले यसको विरोध गरेनन् भने विदेशी दलालले यो राष्ट्रघाती सम्झौता पास गर्ने तयारीमा छन् ।’

एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!