
(राहुल गुप्ता)
पर्सा । वीरगंजको सूर्य हस्पिटललाई ‘आमा सुरक्षा कार्यक्रम’ पार्नका लागि वीरगंज महानगरपालिकाले गरेको गैरकानुनी सिफारिसलाई सच्याउने भएको छ ।महानगरको ऐन विपरित गरिएको सिफारिस बारे सञ्चार माध्यममा समाचार प्रकाशमा आएपछि महानगरको समाजिक तथा स्वास्थ्य महाशाखाले सशोधन गर्ने भएको छ ।
महाशाखाका निमित्त प्रमुख रितेश जैसवालले कम्प्यूटरको मिसप्रिन्टको कारण १५ बेडको स्वीकृति लिएको अस्पताललाई २५ बेडको अस्पताल भनेर स्वास्थय मन्त्रालयको विभागमा सिफारिस गरेकोमा गल्ती स्वीकार गर्दै अगामि दिनमा महानगर र अस्पताल वीच हुने सम्झौता नियमसंगत नै हुने ठोकुवा गरे ।
‘मैले सबै फाइलाको अध्ययन गरेको छु,कम्प्यूटरले १५ बेडको स्वीकृति हुनु पर्नेमा २५ बेडको स्वीकृति भनेर सिफारिस गरिएको भएको छ,’उनले भने,‘यस बारेमा विभागलाई पत्र पनि सशोधन गरेर पठाइसकिएको छ,अगामि दिनमा जे नियमले मिल्ने हो,त्यसै अनुरुप सम्झौता हुने छ ।’
उनले वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई फाइल बारे ब्रिफ गसिेको र मेयर साहेब पनि वीरगंज आईपुगेकोले ब्रिफ गरेर अघि बढने बताए ।यसअघि महानगरले ठुलो आर्थिक चलखेलमा गैरकाननुी सिफारिस गरेको तथ्य खुलेको थियो ।
महाशाखाका तत्कालिन प्रमुख अरुणकुमार महतोको समयमा गत साउन ७ गते मापदण्ड विपरीत स्वस्थ्य विभागमा सिफारिस गरेर विभागले सम्झौताको लागि महानगरमा पत्र पठाएपछि अस्पताल प्रशासनले सम्झौताका लागि महानगरमा दौडधुप शुरु गरेको गिथयो । सूर्य अस्पताल नारायणी अस्पतालमा कार्यरत डा सरोज सिंह, मोनिका यादव सिंहले सञ्चालन गर्दै आएका छ ।उनीहरु नारायणी अस्पतालका चिकित्सक हुन् । पहिलेको जनस्वास्थ्य कार्यालयका अधिकृत सच्चिदानन्द सिंहले जनस्वास्थ्य कार्यालय पर्साका तत्कालिन प्रमुखसमेत रहेको महतोसँगै काम गरेको हुनाले ‘आमा सुरक्षा कार्यक्रम’को लागि डिल गरेको स्रोत बताउँछ ।
के हो आमा सुरक्षा कार्यक्रम?
आमा सुरक्षा कार्यक्रम नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिने सुविधा हो। यस अन्तर्गत २५ बेडभन्दा कम क्षमताको अस्पतालमा सामान्य रुपमा सुत्केरी गराउँदा सुत्केरीले १ हजार पाउने नियम छ भने जटिल किसिमको समान्य प्रसुतीलाई ३ हजार र शल्यक्रिया गरेर सुत्केरी गराउने प्रसुतीलाई ७ हजार भत्ता पाइन्छ भने २५ बेडभन्दा बढी क्षमताको अस्प्तालमा यो कार्यक्रम सञ्चालनमा आएपछि समान्य डिलेभरीका सुत्केरीलाई १५ सय ,जटिल सुत्केरीलाई ३ हजार र शल्यक्रिया गरेर बच्चा जन्माउने सुत्केरीलाई ७ हजार भत्ता पाउने नियम रहेको छ ।समान्य डिलेभरीतर्फ १ हजारको सट्टा प्रति सुत्केरी १५ सय पाओस भनी अस्पतालले आर्थिक प्रलोभनमा महानगरसंग २५ बेडको स्वीकृतिको अस्पताल भनेर सिफारिस गराएको अशंका छ ।