
ABC (क्राईमबिट)
पश्चिम नवलपरासीको पाल्हीनन्दन बाट प्रहरीले झन्डै १ लाख ४४ हजार बराबरको चरेसको गिलास बरामद गरेको छ । भारत बाट भन्सार छलेर नेपाल तर्फ भित्र्याउने क्रममा पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर ४ बाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपि मनोज यादवले जानकारी दिनुभयो ।
मंगलबार बिहानै साढे ६ बजे तिर गेर्मि प्रहरी चौकि बाट खटिएको प्रहरी टोलीले ३ सय ६० ओटा चरेसका गिलास बरामद गरेको हो । मोटरसाईकल बाट नेपाल तर्फ ल्याउने क्रममा प्रहरीलाई देखेपछि तस्करहरु समान छाडेर मोटरसाईकलमा भागेको प्रहरीले जनाएको छ । पक्राउ गरिएको समान आजै महेसपुर भन्सार कार्यालयमा बुझाईएको एसपी यादवले बताउनुभयो । प्रहरीले भारत बाट अवैध रुपमा आयत हुने समान बेलाबेलामा बरामद गर्ने गरेपनि प्राय जसो समान ल्याउने व्यक्तिहरु भने भाग्ने गरेको बताउदै आएको छ ।