२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पद थपेर आफू निकटका नेपाल प्रहरी डिआईजीलाई एआईजी बनाउन चलखेल सुरु

Logo
प्रकाशित बिहिबार, पुष ०१, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अहिले दरबन्दी रिक्त छैन। तर, यो पदमा राजनीतिक दलको आँखा परेको छ। आफ्ना निकटलाई उक्त पदमा नियुक्त गर्न चलखेल भइरहेको छ। सत्ताधारी गठबन्धनले थप पद सिर्जना गरी आफू निकटका प्रहरी अधिकारीलाई एआईजी बनाउन लागेको प्रहरी स्रोतकै दाबी छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) समेत गरी ७९ हजार ५ सय ३८ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्राविधिकतर्फका दुई जना, प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहित विभिन्न पदका ३ हजार ६ सय ३८ जनाको दरबन्दी रिक्त छ। एआईजी पदमा दरबन्दी रिक्त छैन। तर, एआईजीको दरबन्दी थप्ने चर्चाले प्रहरी भित्रै तरंग पैदा गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडीको प्रधानमन्त्रीत्व कार्यकालमा प्रहरीमा एआईजीको दरबन्दी थप गरेर १६ सम्म पु¥याइएको इतिहास छ। त्यो थप दरबन्दीलाई केपीशर्मा ओली नेत्तृत्वको सरकारले खारेज गरेर चार जनामा झारेको थियो। तथापी केपी ओलीको सरकारले पनि व्यक्ति विशेषका लागि सरकारको ठाडो आदेशमा गत मंसिर र असारमा गरी दुई दरबन्दी थप गरी आफ्नालाई पदोन्नति गराउनमा चुकेन।
समान्यतयाः प्रहरी प्रधान कार्यालयले संगठन तथा व्यवस्थापन सर्भे अर्थात ‘ओ एन्ड एम’ गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने हुन्छ। पछिल्लो समय सरकार परिवर्तन हुनासाथ आफ्नो अनुकूलतामा पर्ने गरी सरकारले प्रहरीको दरबन्दी घटाउने र बढाउने गर्दै आएको देखिन्छ। आफूलाई मनपर्ने व्यक्ति विशेषका लागि दरबन्दी थप्ने÷घटाउने प्रचलन बढ्दै गएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्तमल्ल ठकुरी सरकारले मनलाग्दी तवरले दरबन्दी घटाउने र बढाउने गर्दा प्रहरी संगठनभित्र अस्वस्थ प्रतिस्पर्धा बढ्ने बताउँछन्। दरबन्दी थप्नका लागि निश्चित मापदण्ड पूरा गरेर मात्रै प्रस्ताव अघि बढाउनुपर्ने उनको तर्क छ। ‘निश्चित जिम्मेवारी र दायित्व बोकेर स्थापना भएको संस्थामा दलीय स्वार्थकै लागी आफू अनुकूलका दरबन्दी थप गरिन्छ। आफ्नालाई काखमा राख्ने कार्यले संगठनभित्र राम्रो काम गर्नेभन्दा पनि शक्ति केन्द्र धाउनेले स्थान पाएका छन्,’ उनले भने। यसले कार्यकुशलता देखाउने र क्षमता भएका प्रहरी अधिकारीहरूमा हत्तोत्साही हुने र मनोवल घट्ने जस्ता समस्याहरू देखापर्ने ठकुरी बताउँछन्।अन्नपूर्ण पोस्ट्बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]