१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुम्बिनी बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८


(ABC-Sanchar)
रुपन्देही । लुम्बिनीस्थित बसपार्कमा गएराती आगलागी हुँदा १२ पसल जलेर नष्ट भएका छन् ।
आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी गरी १२ वटा पसल जलेर नष्ट भएको व्यवसायी विष्णु बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार आगलागीबाट करिब ७५ लाखको क्षति भएको आङ्कलन गरिएको छ। राती २ बजेबाट लागेको आगो दमकल आउन ढिला हुँदा डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको बस्नेतले जानकारी दिए।

आगलागीपछि तत्कालै लुम्बिनी सांस्कृतिक नगरपालिकामा दमकलका लागि फोन गरे पनि दमकल नआएपछि आगो नियन्त्रणमा लागि ढिला भएको भन्दै स्थानीयको आक्रोश छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट समयमा दमकल नआएपछि भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा दमकलका लागि फोन गरिएको थियो। भैरहवाबाट दमकल आएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो ।

आगो राती २ बजेतिर लागेको थियो। स्थानीय युवाहरुले पसलमा लगाएका टिनका पाता निकालेर आगो नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!