२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवा विद्यार्थी युनियनको विशेष सकृयतामा सुकुन्दा साहित्य पाला पुनर्गठन

Logo
प्रकाशित शुक्रबार, पुष ०२, २०७८

(अङ्कित डिसी)
काठमाडौं । आज भन्दा १७ वर्ष अघि अर्थात् विंस २०६१ सालदेखि बन्द रहेको सुकुन्दा साहित्य पालाको अध्यक्षमा प्रशान्त डंगोल, उपाध्यक्षमा विनोदमान सिंह, सचिवमा रिदेन महर्जन, सहसचिवमा इन्द्रमान महर्जन, कोषाध्यक्षमा सुस्मिता राजबाहक र सदस्यहरूमा रजिना डंगोल, सोमी डंगोल, सुभास डंगोल, सरिता मालाकार डंगोल, धिरज प्रजापति, सुष्मा श्रेष्ठ रहेका छन् ।

कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षिका श्रृमिला सुवालले मृत अवस्थामा रहेको सुकुण्दा साहित्य पालालाई पुनर्जागरण गर्ने रिदेन महर्जन र प्रशान्त डंगोलको समूहलाई धन्यवाद प्रकट गर्दै नेवाः संस्कारमा जन्मिदादेखि शुभकार्यमा प्रयोग हुने सुकुन्दाको सांस्कृतिक महत्वका बारेमा धारणा राख्दै सुकुण्दा साहित्य पालाः ज्वाजल्यमान हुनेगरि बाल्न सबैलाई सहयोग गर्नुपर्ने जनाइन् ।

कार्यक्रमका अतिथि नेपाल भाषा शिक्षक अनुपसिंह सुवालले सुकुन्दा साहित्य पालाः का पुराना अग्रजको एशोसियसन गठन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि राजी किपूले नेपाल भाषा विषय पाठ्यक्रमबाट हटाइसकेको क्याम्पसमा नेपाल भाषा पुनर्जागरण अभियान सफल बनाएकोमा अभियन्ताहरुलाई बधाई दिंदै आफू पनि यस क्याम्पसमा २३ वर्षपछि कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी लागेको बताए । उनले उपत्यकाका विभिन्न क्याम्पसमा पहिला पाला किन गठन गरिएको हो ?

सो विषयमा बुझेर अघि बढ्नुपर्नेमा जोड दिंदै अब बलेको सुकुन्दालाई बलिरहन सबैले सहयोग गर्नुपर्ने बताए । नेपाल भाषा विषय पढेर आफूमा आएको परिर्वतन भन्दै बि.ए. प्रथम वर्षका नेपाल भाषाका विद्यार्थी सरिता मालाकार नेपाल भाषा विषय पढेर पास गर्ने मात्रै नभई आपूmले ज्ञान आर्जन गरेको ज्ञानको चेतना दिएर अघि बढ्नु पर्ने धारणा राखिन् ।

उनले यसमा आपूmले सक्दो योगदान दिने प्रतिबद्धता पनि जाहेर गरिन् । अर्का अतिथि नेपाल भाषा शिक्षक मदनसेन बज्राचार्यले बन्द भइसकेको सुकुन्दा साहित्यिक पत्रिका पुनः प्रकाशन गर्नु सबैको लागि उपब्धिपूर्ण भएकाले सबैले आआफ्नो क्षेत्रबाट प्रकाशनमा सहयोग गर्नुपर्ने जनाए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा शिक्षक प्रा.डा.चन्द्रमान बज्र्राचार्यले नेपाल भाषाको क्षेत्रमा पनि विभिन्न राजनीतिक पार्टीले आफ्नो पार्टी बलियो बनाउनका लागि विद्यार्थी संगठन बनाउन ध्यान दिए झैं नेपाल भाषका विद्यार्थीको संख्या बढाउनेमा जोड दिए । उनले नेवार समुदायले क्याम्पसमा नेपाल भाषा पढ्ने विद्यार्थीहरुको संख्या बढाउनतिर ध्यान नदिएको टिप्पणी पनि गरे ।

उनले राजनीतिक पार्टीका नेताहरुले नेपाल भाषाका शिक्षकहरुलाई ‘तलब खाने शिक्षक र शिक्षिकाहरु नै भएकोले नेपाल भाषा पढाउने जिम्मा पनि शिक्षक र शिक्षकाको हो भन्नु गलत भएको टिप्पणी गरे । प्रा.डा. बज्राचार्यले अगाडि थप भन्नु भयो, ‘पहिला जुनरुपमा भाषिक जागरण आयो, अहिले मृतअवस्थामा पुगेको नेपाल भाषा पुनर्जागरण हुनुमा अहिलेको पुस्ताको महत्वपूर्ण हात रहेको छ ।’

सुकुन्दा साहित्य पालाः पत्रिका प्रकाशन गर्नु पनि आन्दोलनको जागरणको अर्को रुप हो । कार्यक्रममा नेपा भाषाका विद्यार्थीहरुको संख्या बृद्धि गराउनुका साथै विद्यार्थीहरुको लेखन कार्य बढाउने एउटा अवसर पनि हुने भएकाले सुकुन्दा साहित्य पालाः प्रकाशित गराउन लागेकोमा विद्यार्थी समूहलाई शुभकामना पनि व्यक्त गरियो ।

कार्यक्रमका विशेष अतिथि सुकुन्दा साहित्य पालाका पूर्वअध्यक्ष अशोज महर्जनले आरआर क्याम्पस उच्च शिक्षा अध्ययनका लागि मुख्य केन्द्र भएकोले पाला गठन भएकोप्रति खुशी व्यक्त गरे । उनले आपूmहरुले अहिले कृयाशील सँझ्या साहित्य पालाः, कुलाँ साहित्य पालाः कसरी अघि बढाउने बारे व्यापक छलफल गरिरहेकोले सुकुन्दा साहित्य पालाः पाला प्रकाशनको मुख्य विद्यार्थीहरुलाई सहजताका लागि प्रकाशित गर्ने शुभकार्यमा सबैको सहयोग आवश्यक रहेको जनाए ।

कार्यक्रम सञ्चालक प्रशान्त डंगोलले जसरी संस्कृत भाषा संरक्षण गर्न संस्कृत विश्वविद्यालयको स्थापना गरियो त्यसरी नै नेवार समुदायको भाषा, कला, संस्कृति, सभ्यताको विकास गरी संरक्षण र सम्बद्र्धन गर्न नेवाः विश्वविद्यालय पनि स्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति नेवाः विद्यार्थी युनियनका रिदेन महर्जनले भाषिक चेतना नआइकन साहित्यिक चेतना नआउने भएकाले विद्यार्थीलाई संगठित गराएर पहिला हटाइ सकेको नेपाल भाषा पुनः गराउन सफल भएको जनाउँदै आरआर क्याम्पसमा वि.एदेखि एमएसम्म नेपाल भाषा पुनस्र्थापना अभियान सफल बनाउन सहयोग गर्नेहरूप्रति धन्यवाद दिए । उनले कुनै पनि कार्य एक्लैले सम्भव नभएकोले सम्पूर्ण संघ–संस्थाले नेपाल भाषा विद्यार्थीको संख्या बढाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल भाषाकी शिक्षिका दिपना शर्मा, नेपाल भाषामा पिएचडी गरिरहेकी रवि महर्जन, सबिना महर्जन (ज्यापु समाजकी उपाध्यक्ष) समेत उपस्थिति थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]