१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

अटो रिक्सा चालक हत्याको विरोधमा बिरगंजमा अटाे चालकहरू आन्दोलित

Logo
प्रकाशित शनिबार, पुष ०३, २०७८


ABC (क्राईमबिट)
पर्सा । बिरगंज अटो चलाउँदै आएका एक भारतीय नागरिकको रक्सौलमा हत्या भएपछि अटो चालकहरु आन्दोलित भएका छन् । सहकर्मी हत्याको विरोधमा अटो चलाउन बन्द गरेर उनीहरु आन्दोलित भएका हुन् ।

बिहानैदेखि वीरगञ्जमा अटो नचल्दा सर्वसाधरण यात्रु भने मर्कामा परेका छन् । अटो चालक महम्मद अलीले सहकर्मीको हत्या भएकोले न्यायका लागि दवाव दिन आन्दोलनमा उत्रिएको बताए । ‘साथीको अनाहकमा हत्या भएको छ । भोलि त्यस्तो घटना हामी माथि पनि घट्न सक्छ,’ उनले भने, ‘उनको न्यायका लागि दबाव दिन र शोकमा अटो नचलाउने निर्णयमा पुगेका हौं ।’
भारत मुजफ्फरपुर, जगरनाथपुर थाना मोतिपुर घर भएका २४ वर्षीय सुशिलकुमार साहको बिहीबार दिउँसो हत्या भएको थियो । ना २ ह ३७९७ नम्बरको अटो चलाउँदै आएका उनलाई रक्सौलस्थित एसएसबी क्याम्प नजिकै छातीमा छुरा प्रहार गरिएको थियो ।

उपचारका लागि नारायणी अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको आफन्तले जनाएका छन् । वीरगञ्ज–८ गहवास्थित भिनाजु सुरेश साहको घरमा बसेर उनी अटो चलाउँदै आएका थिए ।

रक्सौलस्थित अटो चालक संघका अध्यक्ष समेत रहेका सैदुल्लाह खान भन्ने व्यक्तिले उनीमाथि छुरा प्रहार गरेको आरोप लागेको छ । मृतकका आफन्तले भारतीय प्रहरी समक्ष दिएको उजुरीको आधारमा सैदुल्लाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिइसकेको छ । गएराति नै मृतकको शव पोष्टमार्टमका लागि भारत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले घटना भारतमा नै भएकोले भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । ‘नेपाली नम्बरको अटो मात्रै हो, मृतक भारतीय नागरिक हुन्, घटनास्थल भारतमै पर्छ ’ उनले भने, ‘भारतीय प्रहरीले नै अनुसन्धान गरिरहेको छ ।’

रक्सौलमा नेपाली अटो जान स्थानीय प्रहरी प्रशासनले नरोके पनि भारतीय अटो चालकहरुले विरोध जनाउँदै आएका थिए । कहिले टायर काटिदिने त कहिले सिसा फोडिदिने गरेको अटो चालकहरु बताउँछन् । नेपाली नम्बरको ई–रिक्सा भने मितेरी पुलसम्म मात्रै सञ्चालनमा छ । नारायणी ई–रिक्सा संघका अध्यक्ष स्वयब मियाले रक्सौलमा नेपाली अटो जान रोक लगाउनुपर्ने बताए । ‘भारतीय अटो भारतमा चल्छ, नेपाली अटो नेपालमा चल्छ,’ उनले भने, ‘ यताको उता, उताको यता नगर्ने हो भने समस्या नै आउँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार नेपाल प्रहरीको प्रधान कार्यालयको निरीक्षण गरेका उनले यस्तो बताएका हुन्। ‘विदेशको प्रहरीको हेर्दा अहिले नै अपराधी पक्रिन्छ कि क्या हो भन्ने खालको हुन्छ। हाम्रो हेर्यो उद्रेको लुगा, उद्रेको र च्यातिएको बुट हुन्छ,’उनले भने,’हामी परिवर्तन गर्छौँ। प्रहरीलाई हेर्दा आदर आउने बनाउँछौँ।’ सीमित स्रोत र साधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा […]

काठमाडौं । “मेरो पुलिसलाई टिकाउन सकिनँ” भन्दै आईजीपी दानबहादुर कार्की भावुक बनेपछी प्रहरी प्रधान कार्यालयको सिङ्गो हल नै आज स्त*ब्ध बनेको थियो । आफ्ना कर्मचारीको पी-डा महसुस गरेर आईजीपीले राखेको प्रस्तावलाई गृहमन्त्री सुदन गुरुङले उठेर ताली ब-जाउँदै समर्थन गरेका थिए । कार्कीको ती शब्दसङै आँखाभरी टि’ल्पिलाएका आँ-शुले आज प्रत्येक प्रहरीहरुको मन छो’एको छ। ​तल्लो तहका […]

काठमाडौं । तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ। भदौ २३ र २४ को आन्दोलन नियन्त्रणका क्रममा भएको सुरक्षा दमनमा उनको भूमिकालाई लिएर जाँचबुझ आयोगले लापरबाही र हेलचेक्र्याइँ गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले […]

error: Content is protected !!