२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कैलालीमा नाँङ्गै रुखमा हात बाँधेर टाउको छिनालेर बिभत्स हत्या

Logo
प्रकाशित आइतबार, पुष ०४, २०७८


ABC (क्राईमबिट)
दाङ । कैलालीमा एक युवकको बिभत्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका वडा नं. ९ का २५ वर्षीय अरुण दासको शब टाउको छिनालेको अवस्थामा फेला परेको छ । उनलाई नाँगै पारि हातहरु पछाडि रुखमा बाँधिएको अवास्थामा जंगलमा शव फेला परेको छ ।

शब रुखमै बाँधेको अवस्थामा घाँटी रेटेर टाउको छिनाली नजिकै भूइमा राखेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका वडा नं. ९ को अमरावती सामुदायिक वनमा नग्न बनाई दासको बिभत्स रुपमा हत्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भारत आउजाउ गर्ने दास उनको हत्या भएको दिन साथीसंग घुम्न जाने भनेर घरबाट निस्किएका थिए । यसैबीच फरककोणलाई प्राप्त अडियोमा दासको बिभत्स हत्यामा संलग्न केही युवाहरुले आफुहरुले उनको टाउको छिनालेर हत्या गरेको कुरा फोनमा गरेका छन् ।

‘ हामीले उस्लाई टप्काई दिइम,’ एकजनाले भनेका छन् ‘ उस्को टाउको शरिरदेखि छिनोर अलग पारेका छौंैं।’ त्यो फोन सम्बादमा उनीहरुले आँफुहरु बंैङलोर जान थालेको र रुपैडिहामा रहेको बताएका छन् । ‘उस्को बाकस थियो र हामीले उस्लाई टप्काई दिइम,’ फोनमा बोल्ने ती युवकले भनेका छन् ।

घटनामा संलग्न ब्यक्तिहरुको खोजी तीब्र परिएको प्रहरीले जनाएको छ । टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्कौ विभित्स हत्या हुनुले त्यहाँँको शान्ति सुरक्षाको अवस्था बारे चिन्ताहरु गर्न थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]