२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नवलपरासी एसपी मनोज कुमार यादवको एक्सन धमाधम फरार अभियुक्तहरु पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०५, २०७८


(नन्दु यादव)
नवलपरासी । विभिन्न प्रकृतिका अपराध गरेर लुकिछिपी बसेका फरार अभियुक्तलाई नवलपरासी प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । अपराध गरेर भागेका प्रहरी सूचिका फरार व्यक्ति, अदालतले विभिन्न मुद्दामा कैद, जरिवाना तोकेका व्यक्तिहरु कैद र जरिवाना भुक्तानी नगरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरिरहेको हो ।

नवलपरासीमा प्रहरी प्रमुख मनाेज कुमार यादव सरुवा भई आएसँगै फरार अभियुक्त पक्राउ र तस्करी राेक्न थालेका हुन। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनसार लागुअाैषध मुद्दामा १जना सवारी ज्यान मुद्दामा २जना ,कुटपिट मुद्दामा १७जना ,चाेरि मुद्दामा २जना ,जालसाजी मुदामा १जना र सार्वजनिक मुद्दामा मा १जना गरि कुल २४जना अभियुक्त लाई पक्राउ गरिएकाे सुचना अधिकारी प्रेमबहादुर शाहिले जानकारी दिनु भयाे । प्रहरीले अदालतले विभिन्न समयमा फैसला गरि फरार रहेकाहरुलाई प्रक्राउ गरि कारागार चलान गरेको हो ।

२१वर्ष देखी फरार रहेका देखी पछिल्लो केहि महिना देखी फरार रहेकालाई प्रक्राउ गरिएको प्रहरी प्रमुख यादवले जानकारी दिए ।

असारमा सरुवा भई आउनु भएका यादवको विशेष अप्रेशनमा प्रतिवादीहरु प्रक्राउ परेको जनाईएको छ । गल्ती गरेपछि कुनै दिन कानुनको दायरमा आउने पर्छ भन्ने मान्यता स्थापित गर्न पनि जिल्लामा फरार अभियुक्त पक्राउ अभियान नै चलाईएको प्रमुख यादवले बताए ।

एक सफल प्रहरी अफिसरको पहलमा धेरै सुधार हुन्छ भन्ने उदाहरण यादव रहनु भएको छ । कार्यालय परिषदमा जनमैत्रि स्थान,सामन्य मानिसको सिधै प्रहरी प्रमुखको पहुच लगाएतका उल्लेखनिय कार्य गदै अहिले जिल्लामा पहिचान बनाएका छन् । गाउँमा आत्महत्या तथा अन्य सचेतना जगाउन विभिन्न कार्यक्रम,ग्रामिण भेगमा प्रहरी गस्ति,सामुदायिक प्रहरी मार्फत जनगुनासो सम्बोधन उनि आएपछिका उल्लेखनिय सुधार युक्त कामहरु रहेको जिल्लाबासीको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]