२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला बीच छ्लफल

Logo
प्रकाशित बुधबार, पुष ०७, २०७८

(ABC-Sanchar)
बर्दिया । लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला संस्थाले मंगलबार बैठक गरेका छन् । लैङ्गिक हिंसा न्युनिकरण संजाल समितिको बैठक जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीको संयोजकत्वमा भएको हो ।

प्लान इन्टरनेशनल नेपाल, साथी संस्था बाँके, शान्ति पुनस्र्थापना केन्द्र गुलरियाको सहयोगमा आगामी सन् २०२२ जनवरी भित्र बर्दियाको सिमा क्षेत्रमा पर्ने चार वटा बिद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण र अवैध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने छलफल गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको ओमीक्रोन तेस्रो भेरियन्टको असरलाई मध्यनजर गर्दै सामान्य अवस्थामा नियमित भौतिक बंैठक बस्ने र नयाँ भेरियन्टको अवस्थामा भर्चुअल बैठक बस्ने भनिएको छ ।

बर्दिया जिल्लामा रहेका बिद्यालय स्तर र उच्च माध्यमिक स्तरमा अध्ययन गर्ने किशोर किशोरीहरुलाई लक्षित गरि माइति नेपालको नेतृत्वमा अन्य सरोकारवाला संस्थाको सहयोगमा र जिल्ला स्तरिय लैङ्गिक हिंसा न्युनिकरण संजाल समितिको संयोजनमा मानव बेचबिखन तथा बाल विवाह सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्ने योजना रहेको छ ।

सम्पुर्ण कार्य गर्दा कानुनी सहयोगका लागी जिल्ला बार एशोसियसनसंग परामर्श लिने र अन्य सहयोगी संस्था र नागरिक समाजसंग सहयोग लिई अगाडि बढ्ने भनिएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीको संयोजकत्वमा बसेको बैठकमा प्रहरी निरीक्षक चक्रबहादुर डमरपाल, साथी संस्थाका परियोजना संयोजक कुलराज दहित, गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी शिला शाह, शान्ति तथा पुनस्र्थापना केन्द्रकी सपना शर्मा लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]