२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठक नेपालगन्जमा सम्पन्न

Logo
प्रकाशित बुधबार, पुष ०७, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुको समन्वय बैठक बुधवार अपरान्ह नेपालगञ्जमा सम्पन्न भएको छ ।
भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ति जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । उहाँले सो समन्वय बैठकमा दुबै पक्षबाट सीमानामा हालको अवस्था र समन्वय तथा सुरक्षाका बारेमा जानकारी गराईएको बताउनुभयो ।
भारतको उत्तर प्रदेशमा हुने विधानसभाको निर्वाचनको बेला सीमानामा कडा सुरक्षा गर्नुका साथै कुनैपनि प्रकारको अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरु सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
सो समन्वय बैठकमा नेपाल–भारत सिमा क्षेत्रका जनताविच सुमधुर सम्वन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले बिशेष ध्यान दिनुपर्ने, सिमाक्षेत्रमा बढदो अपराधहरु नियन्त्रणका लागी समन्वय र सहकार्य गरिनुपर्ने, लागुऔषध तथा अबैध ओसार–पसार, मानव बेचविखन, सिमा क्षेत्रमा एक अर्को राष्ट्रप्रति गर्न सक्ने अबाञ्छीत क्रियाकलाप मिलेर रोक्नुपर्ने लगायत विषयमा सहमति पनि भएको जनाईएको छ ।
सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका एआइजी अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्वन्धित जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंह लगायतका अधिकारीहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]