२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कैदीले प्रयोग गरेको मोटरसाइकल घोराही लमही सडक मुसोटको जंगलमा भेटियो..

Logo
प्रकाशित शनिबार, पुष १०, २०७८

ABC (क्राईमबिट)
दाङ । उपचारको क्रममा फरार भएका कैदी यमराज परियारले प्रयोग गरेको मोटरसाइकल दाङ प्रहरीले फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुशार परियारले भाग्न प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल गएराती लमही घोराही सडक खण्डको मुसोट जंगलमा फेला परेको हो ।

उक्त मोटरसाइकल कारागारमा कार्यरत प्रहरी जवान धनबहादुर चाैधरीको हो । चाैधरीले परियारलाई उपचारकाका लागि अस्पताल लगेको र आफ्नै मोटरसाइकल दिएर कैदी परियारलाई भगाएको चौधरी माथी आरोप लागेको छ ।

अहिले प्रहरी जवान चाैधरी प्रहरी हिरासतमा छन । फरार परियारको खोजी तीव्र पारिएको र कुनै पनि हालतमा अपराधी उम्किनी नपाउने र दाङ प्रहरीले पक्राउ गर्ने एसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]