०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङको घोराहीमा खुल्यो सुबिधा सप्पन्न नयाँ रेष्टुरेन्ट २ करोडको लागतमा

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८


(ABC-Sanchar)
दाङ । विदेशमा होटल म्यानेजमेन्टमा बिटेक अध्ययन गरेका दुईजना युवाहरुले घोराहीमा पूणर् पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेष्टुरेन्ट सञ्चालन गरेका छन् । घोराही-१५ काठेकोहलमा द वोयप्वाइन्ट रेष्टुरेन्ट एण्ड बारको नाममा सञ्चालन गरिएको उक्त रेष्टुरेन्टको घोराही उपमहागरपालिका वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय र नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले रिवन काटेर उद्घाटन गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेयले घोराही क्षेत्रमा सुविधा सम्पन्न रेष्टुरेन्ट युवाहरुको नेतृत्वमा खोलिनु सकारात्मक पक्ष भएको भन्दै गुणस्तरिय सेवा प्रदान गर्न सञ्चालकहरुलाई सुझाब दिनुभएको थियो । सो अबसरमा पत्रकार प्रियासनले रेष्टुरेन्ट आकर्षक भएको र सेवा पनि त्यहि किसिमले दिन सल्लाह दिनुभएको थियो । तुलसीपुर-१७ निवासी सुमन नेपाली र अर्घाखाँची निवासी अमृत पौडेलले करिव २ करोडका लागतमा निर्माण गरेका उक्त रेष्टुरेन्टमा रुख माथि बसेर खानलगायत तस्बिर खिच्न मिल्ने व्यवस्था गरिएको छ । रेष्टुरेन्टमा एसी जडान ४ वटा कोडा, ठूला साना गरेर आकर्षक बार कक्ष, खुल्ला कक्षको पनि व्यवस्था छ । हेर्दा आकर्षक र मनोरम भएकाले पछिल्लो समयमा सामाजिक सञ्चाल प्रयोगकर्ताहरु समेत रेष्टुरेन्टमा आउने सञ्चालकहरुको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!