२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एसएसपी अशोक सिंहलाई जुवाडेबाट २ करोड २९ लाखको चेकमा मुद्दा नचलाई आरोपीलाई नै फिर्ता गरेको आरोप

Logo
प्रकाशित सोमबार, पुष १२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । जुवाडे’बाट बरामद गरेको चेकमा महानगरीय प्रहरी परिसर काठमाडौँले मुद्दा चलाउनुको साटो आरोपीलाई नै फिर्ता दिएको आरोप लागेको छ । असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाख बराबरको बैंक अफ काठमाडौँको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि प्रहरीले मुद्दा चलाउन अस्वीकार गर्दै चेक फिर्ता दिएको आरोप लागेको हो ।

असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुर गरेका थिए । बानेश्वर प्रहरीले चेक नभेटिएको जानकारी दिएपछि बरालले महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिए ।

काठमाडौँका तत्कालीन एसएसपी अशोक सिंहले चेक चोरेको आरोप लागेका सुभाष भेटवाललाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेका थिए । ‘९९ आना’को सिसिटिभी फुटेज हेर्दा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि लिएको थियो । जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेको आरोप छ ।पुस २ मा सरुवा भएर अर्का एसएसपी सुदीप गिरी काठमाडौँमा हाजिर हुन आए । गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता बरालको दाबी छ । चेक फिर्ता लिएर भेटवालले बैंकमा बाउन्स गर्न गराउन गएको कुरा बैंकले खबर गरेपछि आफूले थाहा पाएको राजकुमार बरालले रातोपाटीलाई बताए । उनले भने–‘मलाई बोलाएर एसएसपीले पटक–पटक पैसा तिर्न मानसिक दबाब दिएका थिए, मैले मुद्दा चलाउनुस् भन्दा सम्पत्ति शुद्धीकरण लाग्छ भनेर पनि धम्क्याए ।’

बैंकबाट पनि ती चेक ‘ब्लक’ गराएको र प्रहरी कार्यालयमा उजुर गरेको बरालको भनाई छ । यसबारे प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह भन्छन्–‘मुद्दा चलेको छैन, मेरो अचानक सरुवा भएको हुनाले मुद्दा शाखाले चेक फिर्ता गरेको होला, त्यसमा मेरो संलग्नता छैन ।’

सिसिटिभी फुटेज अनुसार जुवा खेलेको र चेक लेनदेन गरेको देखिएको सिंहले बताए । उनले भने–‘त्यतिबेला राजकुमार बरालले चोरी भएको निवेदन दिएका थिए तर, चेक आफैँले दिएको फुटेजमा देखिएको हुनाले मुद्दा चलाउन सकिएन ।’

एसएसपी सिंहको आदेशमा मुद्दा शाखाका तत्कालीन डिएसपी नरेन्द्र चन्दले चेकको लेखाई र लेनदेनको आधार बारे अनुसन्धान नै गरेनन् । अनि, आफू हिँड्नुअघि सिंहले पीडित पक्षलाई जानकारी नै नदिई चेक फिर्ता दिए । प्रहरीले चेक बाउन्स मुद्दामा रकमको स्रोत माग्ने गर्छ । तर, सो घटनामा प्रहरीले भेटवालसँग रकमको स्रोत मागेको छैन । बरालले शुक्रवार गृह मन्त्रालयमा एसएसपी सिंह विरुद्ध उजुरी दर्ता गरेका छन् । गृह मन्त्रालयले घटना छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको छ । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]