०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

गम्भीर अवस्थामा रहेका ३ जनालाई उपचारका लागि आइसियुमा भर्ना

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC संचार ब्युरो
बाँके । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका चार जना आज विहान मृत अवस्थामा भेटिएका थिए । भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराईसहित चार जनाको मृत्यु भएको थियो । अचेत अवस्थामा रहेका भट्टराईकी श्रीमती २२ बर्षीया शुशीला, ३ बर्षीय छोरा दिवस र १८ बर्षीय भाइ नरेशलाई उपचारका लागि आइसियुमा लगिएको छ ।

भट्टराईसहित उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । एउटै कोठामा सुतेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए ।

स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिकारीले जानकारी दिए । संगै कोठामा रहेका अन्य तीन जना अचेत अवस्थामा थिए । सुत्ने बेला कोइला बालेर सुतेको बताइएकाले निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!