०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

कोहलपुर प्रहरीले अवैध नदिजन्य उत्खनन गरेर ल्याउदै गरेका ३ वटा टिप्पर पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट)
बाँके । बुधवार साँझ ७ बजेको समयमा राप्ती सोनारी गाउँपालिका कचनापुरमा रहेको राप्ती नदीबाट वालुवा उत्खनन गरेर टिप्परमा लोड गरेर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कोहलपुरको टोलीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा राप्ती नदी तटिय क्षेत्रबाट नदीजन्य पदार्थ बालुवा उत्खनन गरी लोड गरेर लैजादै गरेका भे१क १४३२, भे१ख ३५४२ र भे१ख ३२३१ नम्वरको टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ ।

यस क्षेत्र अन्र्तगतका नदी, खोला तथा सार्वजनिक जमिनमा अवैध रुपमा वालुवा, गिट्टी तथा माटो उत्खननका घटनामा बृद्वि हुँदै गएको जनगुनासो बढेपछि यस अनलाइन न्यूज पोर्टलले स्थलगत रिपोटिङ्ग गरेर समाचार प्रकाशित गरेको थियो । जिल्लाको राप्ती सोनारी, कोहलपुर र बैजनाथ क्षेत्रमा अवैध रुपमा नदीजन्य पदार्थ तथा माटो उत्खनन गरेर विक्री वितरण भइरहेको पाइएको थियो । समाचार प्रकाशित भएपछि सम्बन्धित निकायहरुले यसतर्फ चासो देखाउँदै निगरानी बढाएका थिए । कोहलपुर प्रहरीले श्रृष्टि सामुदायिक वन उपभोक्ता समितिभित्र पर्ने डुडुवा खोलाबाट अवैध रुपमा माटो उत्खनन गरेर विक्रीका लागि लोड भएका ५ वटा ट्याक्टर केहि दिन अघिमात्र नियन्त्रणमा लिएको थियो । यस्तै मानखोला डिगियाबाट अवैध रुपमा ग्राभेल उत्खनन गरी लोड भएको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला समन्वय समितिमा बुझाएको थियो ।

अहिले कुनै पनि खोला तथा नदीजन्य पदार्थको ठेक्का नखुलेको खण्डमा जति पनि नदिजन्य तथा माटोजन्य सामाग्री उत्खनन भइरहेको छ, त्यो सबै अवैध हुने भएकाले आफ्नो क्षेत्राधिकार पर्ने सबै खोला, नदी तथा सार्वजनिक जमिनमा निगरानी बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले बताएका छन् । साथै बुधवार नियन्त्रणमा लिएका ३ वटा टिप्परलाई विहिवार सार्वजनिक विदा परेकाले शुक्रवार कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!