०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

स्व खड्काको स्मृतिमा टेबल टेनिस खेलेर उद्घाटन गरे लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८

(महेन्द्र सिंह)
दाङ । तुलसीपुरमा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा सुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा सुरु भएको हो ।

नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा ‘युथ अफ तुलसीपुर’को आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल र नेता खुमबहादुरका छोरा अनुराग खड्काले खेल खेलेर उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हमालले खेलखुदले आपसी मेलमिलापको सन्देश दिने बताए ।

कोरोना महामारीका कारण थला परेको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरि खेलाडी र खेलप्रेमीलाई उत्साह थपेको हमालले तर्क गरे ।

मन्त्री हमालले खेलकुदको विकास र प्रवद्र्धनमा स्वर्गिय नेता खड्काको महत्वपूर्ण भूमिका रहेको चर्चा पनि गरे । खेलकुदले मेलमिलापको सन्देश दिने उनको भनाई छ ।

टेबलटेनिसका केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमालले खेलकुदमा राज्यको लगानी पर्याप्त नभएको बताए ।
उद्घाटन कार्यक्रममा नेपाली कांगे्रसका महाधिवेशन प्रतिनिधि शम्भु शाह, कांग्रेस नेता महादेव शाह, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसी, नेपाल तरूण दल दाङका अध्यक्ष टीका घर्तीले टेबलटेनि प्रतियोगिताले खेलाडीलाई उत्साह थपेको मात्र नभई स्वर्गिय नेता खड्काको योगदानलाई स्मरण गराएको बताए ।

युथ अफ तुलसीपुरका अध्यक्ष बशन्त गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

‘युथ अफ तुलसीपुर’का सल्लाहकार अरुण लहरको स्वागत मन्तव्यबाट सुुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण प्रतियोगिताको प्रचारप्रसार संयोजक किरण केसीले गरेका थिए ।

प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टिमको सहभागिता रहेको छ । जस्को पुरस्कारको राषी ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स टिम र वमेन्स टिमको प्रथम पुरस्कार ३० ÷ ३० हजार, द्धितिय पुरस्कार १५÷१५ हजार , तृतिय पुरस्कार नगद ५÷५ हजार र सान्तोना पनि ५÷५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै मेन्स र बुमेन्स सिंगलतर्फ नगद ४०÷४० हजार , द्वितिय पुरस्कार २०÷२० हजार, तृतीय र सान्तोना पुरस्कार ५÷५ हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै मेन्स र बुमेन्सको जुनियरतर्फ प्रथम पुरस्कार ३०÷३० हजार, द्वितीय पुरस्कार १५÷१५ हजार र तृतीय र सान्तोना नगद ५÷५ हजार पुरस्कार राशी रहेको छ । प्रतियोगिता १८ गतेसम्म संचालन हुने आयोजक संस्थाले जाकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!