२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

बाँके प्रहरीले सिमा नाका जमुनाहबाट ११ वर्षिय एक बालकको उद्धार गर्‍यो

Logo
प्रकाशित शनिबार, पुष १७, २०७८


(महेन्द्र सिंह)
बाँके । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नंवर २ निवासी प्रेम नेपालीका ११ वर्षिय छोरा (बालकको गोपनीयता संरक्षण हेतु नाम परिवर्तन गरिएको) परिवर्तित नाम सुबर्ण नेपालीलाई नेपालगन्जबाट प्रहरीले उद्धार गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंवर-१५ जमुनाहबाट बेवारीसे अवस्थामा फेला परेका परिवर्तित नाम बालक सुबर्ण नेपालीलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटेको प्रहरी टोलीले उद्धार गरेको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट प्रहरी नायव निरीक्षक मीन बहादुर बिष्टको नेत्रित्वमा खटिएको प्रहरी टोलीले जाडोमा काठयांग्रिएका बेवारीसे अवस्थामा फेला परेका बालकको उद्धार गरी आवश्यक सोधपुछ पश्चात बालककि काकि सरस्वती नेपालीलाई जिम्मा लगाएको बाँके प्रहरीले बताएको छ ।

११ वर्षिय परिवर्तित नाम बालक सुबर्ण नेपाली सुर्खेतबाट भागेर नेपालगन्ज आएको अनुसन्धानमा पुष्टि भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!