०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

एसएसपी यादवको मृत्यु प्रकरण : छानबिन आयोग गठन गर्न माग श्रीमती

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवको परिवारले घटनाको छानविनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेकी हुन् ।

एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपी प्रहरीले त्यसको छानविन गरिरहेको छ । एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएको कुरा प्रति पनि उनकी श्रीमतीले आपत्ति जनाएकी छन् । यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने संकेत गरेकोमा के को आधार त्यसो भनिएको हो भन्दै उनले त्यसको जवाफ पनि माग गरेकी छन् । उनले पारिवारिक वातावरण सामान्य र सौहार्दपूर्ण रहेको जानकारी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!