३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

अरुको नाममा सशस्त्र प्रहरी जवानको परिक्षा दिने २ जना नक्कली परिक्षार्थी पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी १७ पुसमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षका निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षका सौहार्द राई छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेट्रीक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणीत भएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!