२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बर्दियामा पाटे बाघ गणना प्रयोगमा भएको १ थान ट्रयापिङ क्यामेरा चोरी

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

(ABC-Sanchar)
बर्दिया । राष्ट्रिय निकुञ्जको सीमासँग जोडिएको मध्यवर्ती क्षेत्रमा राखिएको क्यामेरा चोरी भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले एक थान ट्रयापिङ क्यामेरा चोरी भएको जानकारी दिए ।

‘चोरी गर्ने मानिसलाई पक्राउ गर्न समस्या हुने भएकोले अहिले हराएको स्थानको नाम दिन मिल्दैन,’ उनले भने, ‘क्यामेरा चोर पत्ता लगाउन स्काई क्यामेरा प्रयोग गरेर अनुुसन्धान अगाडि बढाएका छौं ।’

यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका पाँच थान क्यामेरा चोरी भएका थिए । पाटे बाघ गणनामा सात सयवटा ग्रीडमा सात सय २० वटा स्वचालित क्यामेरा राखिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एउटा ग्रीडमा कम्तिमा १५ देखि २१ दिनसम्म क्यामेरा ट्रयाप राखिएको छ । अहिले बाँके र बर्दियामा एकै साथ पाटे बाघको गणना चलिरहेको छ । बाघ गणना निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग र आसपासका जंगलमा भइरहेको छ । नौ सय ६८ वर्ग किमी क्षेत्रफल रहेको बर्दिया निकुञ्जको चुरे पहाडको बबई उपत्यकामा बाघको बासस्थान बन्दै गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरी सिकारी नियन्त्रण युवा अभियानबाट संयुक्तरुपमा प्राविधिक टोलीले गणना गरिरहेका छन् । निकुञ्जबाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाट पनि बाघको गणना हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!