२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बुधवारदेखि मौसम बदली पानी पर्ने

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८


(ABC-Sanchar)
काठमाडौं । पश्चिमी वायु सक्रिय हुने भएकाले बुधवार बेलुकादेखि शुक्रवारसम्म मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायुको असरको कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाइन् । शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा बुधवार धेरै पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्ने उनले जनाइएको छ । मौसम बदलीले मुलुकका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]